पुल छोप्ने गरी खोला बढ्यो ।
(सबैजना आत्तिएर चिच्याइरह्या ।)
हाम्रोमा बाँध छैन नि त्यसैले
हरेक साल यस्तै त्रास छ
ब्यारेजको ढोका खोल्नु नि फेरि विस्तारवादको अनुमति चाहिने होला फेरि
निन्द्रामा पनि ऐठन हुन्छ साला
अब तमासा नदेखाऊ
बाँध बनाऊ ठीक हुन्छ, ब्यारेज खोल ठीक हुन्छ
एक वर्षमा राहत सामग्रीले जत्ति पनि पर्याप्त छ
यो साललाई भयो भयो अर्को साललाई गर सालाहरु
हेरहेर वस्ती नै बगाए जस्तो छ
पलङ, बाइक, गुन्द्री, गाइभैँसी, खतारा पार्टस,
हेर हेर मान्छे पनि थुप्रै पौडन नजान्नेहरु बगाए्
पौडन नजानेर होइन थला परेर हो
कति त निन्द्रामै थिए होलान् त्यसैले होला
कस्तो स्पिड पानी बुलेट रेल नै पछि पर्लाजस्तो साला
नहुन्या पानीका बानी रहेछ यो
बचाउने केही सामान छैन सब बगाएको छ
छ छ उउटा बाँकी छ
पैसामाग्न झुलनको झुला नफैलाऊ
त्यसैमा माछा टिपेझैँ टिप्नु पर्छ सबैलाई
केही आएन केही आएन होलीमा सेलाएको गणेश, लक्ष्मी, विश्वकर्मा आयो
मान्छे खोज मान्छे , मान्छेमा मात्रै ध्यान लगाऊ ।
२०७६ असार २८
विजु सुवेदी विजय
