पृथ्वीमा उसले पृथ्वीबाट
केही गर्न सक्दैन
पृथ्वी बाहिरबाट गर्न उसले
जानी सकेछ
कारण वषौँ भयो
उसले एकाङ्की विताएको
उसले व्रह्मा भनी मान्ने देवता
उनीहरुको शिवलिङ्ग रहेछ
उनीहरुको छाडा पिँजडा
उसको जनैको मन्त्र जप रहेछ
कमरेडहरु खोज्छ ऊ आहक्यूँ जसरी
टायँ टायँ फिस्स भयो
नेताले कमायो भन्छन्
सालासाली मोज गर्छ
विचरा नेता थाङ्ना मै
उनीहरुको गाइगोरुजस्तो
छाडा दुव्र्यवहार पनि
हरे राम नेतालाई नै
राम्रो काम गरे केही हुन्न
नराम्रो काम इसारा नगरे पनि
उसको अङ्गअङ्क चलेको मानी
सब हुर्मत हुन्छ
सुपर पावर जस्तो ऊ
न आफ्नो नाममा केही हुन्छ
न जनता उनका पक्षमा हुन्छ
खाली खेदो मात्रै खन्छ
लाखौँले हाड देख्ने गरी बलिदानी गरी ल्याएको
गणतन्त्र ल्याउने जनता
राजाको जयजयकार गर्छ
खै कहाँ छ कमरेड !
एउटाले भन्थ्यो
हरिप साँप खानुपर्छ
सब ठीक हुन्छ
अर्कोले भन्छ
गु चलाउनु हुन्न
जहाँ पनि उसले विचलन देख्छ
ऊ भेट्टाउन दगुर्न थाल्छ
एक हकर कराउँदै विलाउँदै जान्छ
उसले यत्ति मात्रै रोबोटिलो स्वर सुन्छ
“ठग्स अफ हिन्दुस्तान
अमिताभ बच्च्न छाप प्योर मुसुरो”
“ठग्स अफ हिन्दुस्तान
अमिताभ बच्च्न छाप प्योर मुसुरो”
बिजु सुवेदी “विजय”
२०७६ भदौ २०
