हाम्रो नाता टुटे पनि टुटुन्
डबल पार्टी फुटे पनि फुटुन्
देश र जनता न्यायको पक्षमा,
कहिल्यै नछुट्टिने गरी जुटुन्
यत्ति प्रगाढ होस् कि मित्रता,
छिमेकीले फेरि फेरि नलुटुन्
सबैको घरको चुल्हो बलुन्,
कोही पनि भोकमरी नपरुन्
सगरमाथाको शिर उच्च राख्न,
सधैँभरि आफैँ पौरख गरी उठुन्
२०७७ असार २९
बिजु सुवेदी विजय
bijusubedi@gmail.com
