Skip to content

मलाई कालो चश्मा मनपर्छ

  • by


बिषै-बिषले भरिएको
पापै-पापले ढाकिएको
यो संसार कस्तो रहेछ
मलाई कालो चश्मा मनपर्छ

आजभोलि गर्मी छ
घाम चर्को छ
सक्तिन म हेर्न
नाङ्गो आँखाले
मलाई कालो चश्मा मनपर्छ

समरको सिजनमा
लुगा कम्ति छ
झुक्किएर हेर्दाखेरी
दोष पाईन्छ
मलाई कालो चश्मा मनपर्छ

क्षिद्रै-क्षिद्र भरिपूर्ण
विष्फोटनले सतचुर्ण
यो संसार बौलाह रहेछ
मलाई कालो चश्मा मनपर्छ

कहीं देख्छु सोमालिया
कहीं देख्छु हुस्की पिया
यो संसार जड्याहा रहेछ
मलाई कालो चश्मा मनपर्छ

कहीं गाई पूजा गर्छन्
कहीं गाई काटी खान्छन्
यो संसार विचित्र रहेछ
मलाई कालो चश्मा मनपर्छ

संसार देखि अघाईसकें
मान्छे देखि डराईसकें
यो संसार दैंत्य रहेछ
मलाई कालो चश्मा मनपर्छ

देव bdr. घिसिङ्(लामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *