म अन्योलमा छु। तिम्रो मायारूपी सागरमा यति डुबेँ कि कति गहिराइसम्म डुब्न उपयुक्त छ भन्ने कुरामा मैले होस नै गुमाएछु। तिम्रो मायारुपी सागरमा यसरी चुर्लुम्म यसरी डुबेँ कि पौड्न सक्नु त कता हो कता मेरो अस्तित्व नै संकटमा पर्यो। यसरी डुब्नबाट उम्कनु तथा तिम्रो मायारूपी बाटोमा मेरो यात्रा रोकेर मैले बचाउ गर्नुपर्यो। सागरमै डुबेर मर्ने डरले, आज निर्णय गरेँ- अब म तिमीलाई सदाका लागि बिर्सने प्रयास गर्छु।…. इट्स बेटर टु फर्गेट यु….।
तिम्रो कपटपूर्ण मायाको सिँगो प्रमाण यो गुलाफको फूल, जो अझै पनि मेरो हातमा छ। फेरि हेर्छु आठवटा सुकेका पातका बीचमा राता पत्रैपत्र छन्। यो गुलाफमा मात्र पात र पत्रदल छन्। एउटा पनि काँडा छैनन् किन ? तिमीलाई थाहा छ काँडाबिनाको यो गुलाफको के अर्थ छ ? हुन त हाम्रो मायाप्रीति ओइलिएर र्झनुमा यो निर्दोष गुलाफको के नै दोष छ र ? दोषी त म आफैं हुँ जसले निरीह मृगझैँ सिकारीरूपी तिम्रो गोली नचिनेर मर्नुपर्यो तर जब मैले चिने त्यतिबेला धेरै ढिला भैसकेको थियो। क्षणिक रुपमा काँडाबिनाको फूल दिने तर वास्तवमा मेरो जीवनलाई नै काँडैकाँडाको जन्जिरले बाँधेर मरुभूमिको चर्को घाममा तड्पाउने तिम्रो पूर्व योजना समयमै चाल पाएँ र म यो निर्णयमा पुगेँ कि इट्स बेटर टु र्फगेट यु…।
म यस्तो निरीह अवस्थामा थिएँ कि आँसुको बाढीमा निरन्तर बगेको थिएँ। अनौठा-अनौठा र अकल्पनीय किनारा पार गर्दै थिएँ। त्यही एक किनारामा मैले तिमीलाई भेटेँ, एक्लोपनको ठूलो पीडा मेटेँ तर त्यो क्षणिक मात्र रहेछ जुन केही दिन मात्र टिक्यो, त्यसपछि म त …. उही पुरानै संसारमा तिम्रो साथबिना फर्किंए। सँगै हुँदा ज्यान दिन्छु भन्ने तिमी अब त एकपलको तिम्रो ध्यान माग्दा पनि औंसीको रातबाट जुन टाढिएझैँ टाढिँदैछौ। … म तरबारको धारमा हिँड्ने बानी परेको मान्छे, लाग्छ अझै जीवनरूपी गोरेटो तिखो धारमै बित्नेछ। आज त हामी नदीको दुई किनारा भैसकेका छौँ। त्यसैले तिम्रो माया मेरो अनि तिम्रै भलाइकै लागि म भुल्न खोज्दैछु- इट्स बेटर टु र्फगेट यु…।
तिम्रो माया झुटो भए पनि मेरो माया पवित्र चोखो माया हो। म भन्छु- मायामा कुनै सम्झौता हुनुहुँदैन। यो त केवल दुई मुटुको मिलन हो तर के गर्नु हाम्रो दुई मुटु जोड्ने जीर्ण पुलको मर्मत सम्भार गर्न सक्ने अवस्थामा म छैन। म केवल तिम्रो याद मात्र लिएर पीडा भोग्दै जिउँदै मरेको जीवन बाँच्न सक्दिन। त्यसैले म तिमीलाई भुल्ने प्रयासमा छु। किनभने मेरो अगाडि मेरै भविष्य छ। त्यसैले इट्स बेटर टु र्फगेट यु…।
प्रेमको नाटक गर्ने, स्वच्छ मेरो मनको बारीमा झुटको बिरुवा रोप्न खोज्ने। माया जस्तो चोखो र निश्चल बन्धनमा पनि नौटंकी गरेर मिथ्याको डोरीले बाँध्न खोज्ने तिमी …. ? अब कसैलाई पनि मसँग जस्तो प्रेमको नाटक नखेल है।
देव बहादुर घिसिङ्(लामा)
पु. झा. ८ सिन्धुली
हाल्_ Qatar सनैया (३८)

इट्स बेटर टु फर्गेट यु
देवजी
यो ‘अनुवादित कथा’को शीर्षकमा राख्नुभएको रहेछ । कृपया कस्को कथालाई अनुवाद गरेर पोस्ट गर्नुभएको हो, खुलाइदिनुहोला ।