किन रोए म आज
तिमीलाई सम्झेर
सायद आयो भेल भनी
घाउ बल्झेर
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बली चढाइ
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडि गयौ मायाको बली चढाई
किन रोए म आज
किन रोए म आज

म बिना एकपल जिउन सक्दैनौ थियौ तिमी
मेरो निम्ति दुनिँयासँग लड्थ्यौ तिमी
म तिम्रै हूँ भनी बाचा गरेको थियौ
तर एक्लै छाडी किन पराई भयौ
स्वार्थी रहेछौ
तिमी अनि तिम्रो झुटो माया
चोखो हृदय तोडिगयौ
हेरिनौ मेरो छाँया

म सँधै सम्झिन्छु तिम्रो त्यो मायालाई
सताउँछ हरपल तिमीसँग बिताएका पलले
भुल्न खोज्नेछु तिम्रा हर सम्झनाहरूलाई
कहिल्यै नबिथोल्न मलाई
नसम्झाऊ कहिल्यै
बितेका पलहरूलाई
बाँचिरन्छु लुकाएर
अतितका यादहरूलाई

किन रोए म आज
तिमीलाई सम्झेर
सायद आयो भेल बनी
घाउ बल्झेर
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बलि चढाई
धेरै माया गर्थ्यौ तिमी मलाई
छाडी गयौ मायाको बलि चढाई
किन रोए म आज
किन रोए ।

देवबहादुर लामा (घिसिङ)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *