शरदसँगै आयो दशैं, आउँदिन म आमा !
दुर्गा सप्तसती पनि, गाउँदिन म आमा !!
रंग्याउँदै होलान् घर, गाउँमा वारिपारि !
चुहिने छानो यस वर्ष, छाउँदिन म आमा !!
बाटो हेर्दै आउने आशमा, नबसेकै जाति !
पोहोरजस्तो अहिले बिदा, पाउँदिन म आमा !!
दोबाटोमा लिंगे पिङ, हाल्न खोज्दै होलान !
साथीसँगै बाँस काट्न, धाउँदिन म आमा !!
परदेशीलाई केको दशैं, सधैं दुःख उस्तै !
दशमीमा टीका पनि, लाउँदिन म आमा !!
Dev bdr.ghising

wow
तपाईको कविता नपढ्दासम्म खुसी नै थिए जसो तसो चित्त बुझाएकै थिए तर तपाईले त मलाई झन दुःखी बनाउई दिनु भयो अव चाही रमाईलो कविता पनि रचना गर्नुस् है साथी ।