Skip to content

heart.Life1

आफ्नै ठानेर

हजारौ भिडहरुको माझमा
केवल तिमिलाई नै छानेर
राख्या छु मन मुटुमा सजाई
बिश्वास दिसके आफ्नै ठानेर

धेरै माया गर्छु भन्नै नपरि
आउन जिबनसाथि मानेर
घमण्डि नहोउ यति धेरै नि
नआए ल्याउछु म त तानेर

तिमी जस्तो साथी त

मेरो भावना बुझ्न चाहने
नजिक नजिक हुन चाहने
तिमी जस्तो साथी त
खोजेर कहाँ पाउँछु र ?

पाएको सबै चिज साँच्न चाहने
एक बारको जुनीमा सँगै बाँच्न चाहने
आँखामा आँशु अडाएर आफ्नो
मेरो आँशु पुछ्न चाहने
तिमी जस्तो साथी त
खोजेर कहाँ पाउँछु र ?

गणतन्त्रको लागि सन्तान

देशको निम्ति रगतको नै , खोला बगाएर के भो
गणतन्त्रको लागि सन्तान, आफ्नै मराएर के भो

जनता अनि आफ्नो देशको हित गर्दछौ भनेर
नेताहरु लाई सपथ, ग्रहण गराएर के भो

घास खाने मात्रै छन् देश बनाउँछु भन्नेहरु
तिनलाई सद्-बुध्दिको ,बारिमा चराएर के भो

जनताले न्याय खै पा’को ठुलाका लागि बने जस्तो
अधिकार माग्न रोडमा ,नेपालि कराएर के भो

भस्ट्रचारिलाई अपदस्त प्रयास नि गरेकै हौँ
अर्कै भ्रस्ट जान्छ सत्तामा, एउटा झराएर के भो

समस्यासँग जुध्छ छोरो

ल्याउँछु म नया बिहानी, हराएको छैन आमा
समस्यासँग जुध्छ छोरो, डराएको छैन आमा

अत्याचारीले नै हामिलाई दबाएको देख्दा पनि
आफूले आफ्नै मन मैले, मराएको छैन आमा

प्यालाभरिको सराब

अगाध माया दिएको थे, तिमीलाई जहर होइन
खोज्दै हिडे तिमी नभेट्दा, लाग्छ मेरो शहर होइन
एक्लो बनाएर छाडी गयौ मन मेरो तोडेर
प्यालाभरिको सराब, पिउनु मेरो रहर होइन

कविताको लागि

सोच्दै जान्छु
भित्र भित्रै खोज्दै जान्छु
मनका भावनासँगै खेल्दै
केवल कविताको लागि

छ छल्किदै किनारतर्फ
बढेका शब्दहरू संगाल्दै
अगाडि बढ्दै छु म किनारै किनार
परिआएका स्थिति अंगाल्दै

भन्छन सबै मान्छे यहाँ

नजोडिने गरी टुक्रा टुक्रा, भएर फुट्यो अरे
भन्छन सबै मान्छे यहाँ, मेरो मुटु टुट्यो अरे

एकलो बनाई आफ्नाले छाडी मलाई गएपछि
मिलेरै बिनाश गर्न, दुश्मनहरू जुट्यो अरे

कस्ले के के गर्छन यँहा

कस्ले के के गर्छन यँहा अब चाँहि सोच्नु पर्यो मलाई गरे जसरि तिनका मन घोच्नु पर्यो
कमजोर छुईन भन्ने सदबुद्दिका कुराहरु
त्यस्तै ब्यवहार गर्नेको दिमागमा कोच्नु पर्यो

दुर्गाको रुप लिएर

हाम्रो समाजमा रहेका त्यस्ता मान्छे छाँट नारी
दुर्गाको रुप लिएर, अब रगत चाट नारी

कहीँ कतै जादै गर्दा कसैलाई भेट्दा होस्
कु-दृष्टि लगाउनेलाई, पहिले नै झाँट नारी

गर्छु माया धेरै धेरै, मर्छु भन्थ्यौ मेरा लागि

तर्नु परे खोला पनि, तर्छु भन्थ्यौ मेरा लागि
गर्छु माया धेरै धेरै, मर्छु भन्थ्यौ मेरा लागि

सम्झनाले सताउँदा मलाई भेट्नु पर्यो भने
आँउ भेट्न गैरी खेत, झर्छु भन्थ्यौ मेरा लागि

खेलाचि गरेर सुख ,आफ्नै मार्नु छैन मलाई

रिसाएर कालो मुख,आफ्नै पार्नु छैन मलाई
खेलाचि गरेर सुख ,आफ्नै मार्नु छैन मलाई

अरुको जस्तै मित्र मेरा पनि खराब होलान्
खोलापारि मिल्ने साथि,आफ्नै तार्नु छैन मलाई

जे छ जति छ त्यति मै चित्त बुझाएर बस्छु
गाऊँ ठाऊँमा इज्जत ,आफ्नै झार्नु छैन मलाई

बाटो असत्य खराविको अङ्गालि हिडेर के गर्नु
घर आगनिको काल्ना,आफ्नै खार्नु छैन मलाई

आफ्नै जन्मभुमि अनि समाजको दुश्मण बनेर
अन्तै घर परिवार ,आफ्नै सार्नु छैन मलाई

तिम्रो माया नपाएनि ,पल पल म मर्या छैन

तिमिले जसरि अरुको, बारिमा म चर्या छैन
तिम्रो माया नपाएनि ,पल पल म मर्या छैन

डूलि हिड्ने भमराको गाऊँ सहर खोज्दै हिडेऊँ
तिमिले जस्तो अरुको निम्ति, डेरा म सर्या छैन

मन अन्त डूलाईन माया लाग्थ्यो केबल तिम्रो
प्यास मेट्न जबानिको खोला, हेर म तर्या छैन

तिम्रो नजरमा परिएन खोजेऊ ठुलाठालू भनि
मान्छे नै थिए मान्छेको, जात बाट म झर्या छैन

आबश्यक थियो तिम्रो साथको दिएनौ तेतिबेला
देखाउँछौ माया अहिले, भ्रममा म पर्या छै

चोखो माया दि सके ,अबिश्वाशको भाडो भर्दिन म

जथाभाबि तिम्रो निम्ति, गएर अक्षता छर्दिन म
चोखो माया दि सके ,अबिश्वाशको भाडो भर्दिन म

मायाका लागि फैलाउने हातहरु धेरै हून्छन
पछ्याउने लाई अंगालोमा, बाँध्ने काम गर्दिन म

बनाउनु छ सुखि परिवार यो सुन्दर संसारमा
त्यसैले अहिलेको आफ्नो, स्थानबाट झर्दिन म

हामो मायाको पर्खाल सयौ मान्छेहरु बने पनि
अँन्धबिश्वासको समाज देखि, कहिल्यै डर्दिन म

जन्मौ जन्म सगै जिउने कसम हामिले खाएथेउ
खाएका ति कसमहरु , पुरा नगरि मर्दिन म

JeevanPokharel-02

सत्य चिज भित्र लुकाई, सबै कुरा ढाँटिछौ

आफ्नै घाउ आफैले नै, जिब्रो चलाई चाटिछौ
सत्य चिज भित्र लुकाई, सबै कुरा ढाँटिछौ

हाम्रो मन मिल्ने ठाउ आउन त मन थियो
बाटोको त्यो पुल, बचनको धारले काटिछौ