heart.Life1
गणतन्त्रको लागि सन्तान
देशको निम्ति रगतको नै , खोला बगाएर के भो
गणतन्त्रको लागि सन्तान, आफ्नै मराएर के भो
जनता अनि आफ्नो देशको हित गर्दछौ भनेर
नेताहरु लाई सपथ, ग्रहण गराएर के भो
घास खाने मात्रै छन् देश बनाउँछु भन्नेहरु
तिनलाई सद्-बुध्दिको ,बारिमा चराएर के भो
जनताले न्याय खै पा’को ठुलाका लागि बने जस्तो
अधिकार माग्न रोडमा ,नेपालि कराएर के भो
भस्ट्रचारिलाई अपदस्त प्रयास नि गरेकै हौँ
अर्कै भ्रस्ट जान्छ सत्तामा, एउटा झराएर के भो
खेलाचि गरेर सुख ,आफ्नै मार्नु छैन मलाई
रिसाएर कालो मुख,आफ्नै पार्नु छैन मलाई
खेलाचि गरेर सुख ,आफ्नै मार्नु छैन मलाई
अरुको जस्तै मित्र मेरा पनि खराब होलान्
खोलापारि मिल्ने साथि,आफ्नै तार्नु छैन मलाई
जे छ जति छ त्यति मै चित्त बुझाएर बस्छु
गाऊँ ठाऊँमा इज्जत ,आफ्नै झार्नु छैन मलाई
बाटो असत्य खराविको अङ्गालि हिडेर के गर्नु
घर आगनिको काल्ना,आफ्नै खार्नु छैन मलाई
आफ्नै जन्मभुमि अनि समाजको दुश्मण बनेर
अन्तै घर परिवार ,आफ्नै सार्नु छैन मलाई
तिम्रो माया नपाएनि ,पल पल म मर्या छैन
तिमिले जसरि अरुको, बारिमा म चर्या छैन
तिम्रो माया नपाएनि ,पल पल म मर्या छैन
डूलि हिड्ने भमराको गाऊँ सहर खोज्दै हिडेऊँ
तिमिले जस्तो अरुको निम्ति, डेरा म सर्या छैन
मन अन्त डूलाईन माया लाग्थ्यो केबल तिम्रो
प्यास मेट्न जबानिको खोला, हेर म तर्या छैन
तिम्रो नजरमा परिएन खोजेऊ ठुलाठालू भनि
मान्छे नै थिए मान्छेको, जात बाट म झर्या छैन
आबश्यक थियो तिम्रो साथको दिएनौ तेतिबेला
देखाउँछौ माया अहिले, भ्रममा म पर्या छै
चोखो माया दि सके ,अबिश्वाशको भाडो भर्दिन म
जथाभाबि तिम्रो निम्ति, गएर अक्षता छर्दिन म
चोखो माया दि सके ,अबिश्वाशको भाडो भर्दिन म
मायाका लागि फैलाउने हातहरु धेरै हून्छन
पछ्याउने लाई अंगालोमा, बाँध्ने काम गर्दिन म
बनाउनु छ सुखि परिवार यो सुन्दर संसारमा
त्यसैले अहिलेको आफ्नो, स्थानबाट झर्दिन म
हामो मायाको पर्खाल सयौ मान्छेहरु बने पनि
अँन्धबिश्वासको समाज देखि, कहिल्यै डर्दिन म
जन्मौ जन्म सगै जिउने कसम हामिले खाएथेउ
खाएका ति कसमहरु , पुरा नगरि मर्दिन म
- « Previous
- 1
- 2
- 3
- Next »

मेरो भावना बुझ्न चाहने