Skip to content

heart.Life1

हो म दौडिएँ

दियो बलेको थियो,
हावा आई निभाई दियो,
म झस्याङ्ग विउझिएँ
अनि म तर्सिएँ खै किन
मनै टोलाएरु सोचिरहेँ,
आखिर त्यो भिडमा सुनेको आवाज,
एकोहोरो बचाऊ बचाऊ
अनि दौडिएँ त्यो गन्तव्य
त्यस आवाजको केन्दै बिन्दु तर्फ
दौडिएँ म दौडिएँ,
चारैतिर अन्धकार
देखेँ मात्रै एउटै प्रतिबिम्ब,
पक्कै ति नेपाल आमा हुन्
चित्कार दिनै आमाको
सोचेँ प्राणको आहुति दिन्छु,
दिनै आमाको लागि,
फेरी दौडिएँ ,
हुरी बतासलाई पराजित गर्दै
त्यो आवाजको मध्य विन्दुमा पुग्ने
उदेश्य लिएर म दौडिएँ
हो म दौडिएँ,
उनै आमलाई बचाउन
उनै आमाको इज्जत जोगाउन,
म दौडिएँ
हो म दौडिएँ ,

भाषणमा मात्रै काम बनाए

भ्रष्ट्र नेता हरुलाई हेर्दा हामीले
जनताका सामु ऊ भुकेकै छ ।

भाषणमा मात्रै काम बनाए
देश विकाश गर्न चुकेकै छ।

जती कर्म काण्ड मच्चाए पनि
हामी माझ कर्तुत लुकेकै छ।

आँफैले कानुन बनाए झन
तोड्न बन्देज फुकेकै छ ।

जती ठुला ठालु भएता पनि
जनता सामु शिर झुकेकै छ ।

सँगै जिबन बिताउने आशामा

मायालु ठानी आफ्नै सम्झेर
भेट्नलाई तड्पीदै आएको हुँ ।

सँगै जिबन बिताउने आशामा
तिम्रो साथमा कसम खाएको हुँ ।

चुट्टै संसार हामी दुईको सोची
सुरिलो भाकामा गीत आएको हुँ ।

सधैं सधैं भरी साथ पाउँछु भनी
तिमी सँग चोँखो माया लाएको हुँ ।

मुहारमा हाँसो कहिल्यै नटुटोस भन्दै
दु:ख गर्दै गाँउ शहर धाएको हुँ ।

हावा,हुरी,पानी आदी बाट बाँच्नलाई
टाली टुली गरी छानो छाएको हुँ ।

तिम्रो साथ र मायाले गर्दा मैले
जिबनमा अंमुल्य चिज पाएको हुँ ।

मित्र

थाहा छैन मित्र प्रेमको जाल बुन्न
कस्तो हुन्छ भनेर ।
सजाउने चलन नै छैन मेरो
मनमा कुराहरु गुम्साएर ।

नगरमा कोही भए पो धाउने
प्रेमको पर्दा फास गर्न।
आफ्नो त मन नै छैन मित्र
कसैलाई धोकादीई प्रेम गर्न ।

कसैलाई प्रेम गरेको भए पो
प्रेमको जालमा म फस्नु ।
तिमीले पनि प्रेमको आकर्षण
भुलेर पनि कहिल्यै नखोज्नु ।

प्रेम गरे भने त्यो मुस्लोले
पक्कै पनि मलाई धोला ।
धोए पनि त्यस बाट बचाउनेले
मेरो यो मन लैजाला ।

मर्ने भए मेरो निम्ती ,तिम्रो लागि म मरुँला ।

साथ दिए मलाई , मायाको बिँउ म छरुँला ।
मर्ने भए मेरो निम्ती ,तिम्रो लागि म मरुँला ।

धेरै माया गर्छु मात्र भनेउ भने तिमीले
तिम्रो लागि त्यो नदी ,धेरै पटक म तरुँला ।

आशा लिई आगनिमा हेर्दै कुरी बसी रहे
सधैं जसरी तिम्रो घरको , बाटो म झरुँला ।

दुश्मणहरुले कुरा काटी हिंडे भने हाम्रो
राखी तिमीलाई सामुन्ने ,सबैलाई म केरुँला ।

समाजले हामी बिच लगाउन खोजे बार
नँया शहरमा बसाई ,तिमी अनी म सरुँला ।

नभन्नु

मायाको पीडाहरू नबुझ्नेले, मलाई माया गर्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति मर्छु नभन्नु ।

बिस्वास नदिलाई मायाको खोला, मलाई तार्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति आँसु झार्छु नभन्नु ।

परिणाम

म पात्र भन्ने ब्यक्ति गाँजा, ब्ल्याक, नशालु पदार्थको सेवन गर्नु ! आफ्नो योवनको प्यास मेटाउनु उसको दिनचर्या नै भैसकेको थियो । आफ्नो यौवनको प्यास मेटाउन ऊ प्रसस्त पैसा खर्च गर्थ्यो । डिस्को, रेस्टुरा जाने अनि त्यस युवतीलाई ५०० को नोठदिनु त्यस रेस्टुराको नियम पालना गर्नु उसको लागि कुनै ठुलो कुरा त थिएन ! तर उसको बाबुको ढुकुटीको सम्पति रित्तिने क्रम चाँही जारी नै थियो ।

JeevanPokhrel

देशभक्त हुँ म

देश भक्त हुँ म देशको रक्षा गरिरहन्छु
शत्रु आई लाग्यो भने म जाई लाग्ने गर्दछु ।
कमजोर नठान मलाई नेपाली वीर पो हुँ
देश रक्षा गर्न ज्यान दिन पनि तयार छु ।

मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ

मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
भुले मैले भोक अनि भुले मैले निन्द्रा पनि
सामुन्ने नै उभिएको छ मलाई लिन काल पनि