Skip to content

समस्यासँग जुध्छ छोरो


ल्याउँछु म नया बिहानी, हराएको छैन आमा
समस्यासँग जुध्छ छोरो, डराएको छैन आमा

अत्याचारीले नै हामिलाई दबाएको देख्दा पनि
आफूले आफ्नै मन मैले, मराएको छैन आमा

उद्देश्य पुरा नभए नि डटेर लडिरहेछु
पीडाले जति दुखे पनि, कराएको छैन आमा

बैरीहरू सखाप पार्न त्यो दिनको पर्खाइमा
हामिहरूको शक्ति खर्च, गराएको छैन आमा

आमाको आर्शिवादले युद्वमा अघि बढिरहे
नुन छर्के छन् घाउमा, चराएको छैन आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *