Skip to content

तिमी जस्तो साथी त


मेरो भावना बुझ्न चाहने
नजिक नजिक हुन चाहने
तिमी जस्तो साथी त
खोजेर कहाँ पाउँछु र ?

पाएको सबै चिज साँच्न चाहने
एक बारको जुनीमा सँगै बाँच्न चाहने
आँखामा आँशु अडाएर आफ्नो
मेरो आँशु पुछ्न चाहने
तिमी जस्तो साथी त
खोजेर कहाँ पाउँछु र ?

कहाँ कहाँ मैसँग हराउन चाहने
मायाको बारीमा बिउ छराउन चाहने
इच्छा आकाँक्षा पुरा गराउन मेरो
आफ्नो रहरहरू मराउन चाहने
तिमी जस्तो साथी त
खोजेर कहाँ पाउँछु र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *