Skip to content

गर्छु माया धेरै धेरै, मर्छु भन्थ्यौ मेरा लागि


तर्नु परे खोला पनि, तर्छु भन्थ्यौ मेरा लागि
गर्छु माया धेरै धेरै, मर्छु भन्थ्यौ मेरा लागि

सम्झनाले सताउँदा मलाई भेट्नु पर्यो भने
आँउ भेट्न गैरी खेत, झर्छु भन्थ्यौ मेरा लागि

सुख दुखमा साथ दिई जीवन विताउनलाई
कयौ जुनी तिम्रै भाग्य, पर्छु भन्थ्यौ मेरा लागि

सारा बन्धन फुकाई नाता सबै त्यागिदिनेछु
तिमि पाउन त्यति त, गर्छु भन्थ्यौ मेरा लागि

धोका पाए भने सबैबाट साथ दिने छँदैछौ
जीवन जँहा म त्यँहा, सर्छु भन्थ्यौ मेरा लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *