Skip to content


मेरो जीवनको गोरेटो सिधा नै थियो
सयौँ घुम्ती मेरा लागि तिम्ले बनाएर गयौ
देखाएर बनाबटी माया जालमा फसाई
जिन्दगीलाई घुर्रा जसरि घुमाएर गयौ

एक अर्कामा माया प्रेम बढ्दै ग्एको बेला
विश्वासको कसिलो बन्घन फुकाएर गयौ
निर्दयी रैछौ राक्षसको रुप धारणा गर्ने
सर्पै सर्पको माझमा छाडी डसाएर गयौ

बाठी तिमी घेरै गल्ती आफ्नो छुपाउनलाई
जिउदो लास जस्तै पारेर सुताएर गयौ
धन्य रैछौ तिमी लाखौँ लाख शुभकामना
उम्कनै नसक्ने खाल्डोभित्र फसाएर गयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *