heart.Life1
तिम्रो अनि मेरो
एकान्त होस
सुनसान होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो
तिम्रो हात हातमा होस
तिम्रो नजर आँखामा होस
ओठ पनि ओठमा होस
समुन्द्रि छाल छ-छल्किए जस्तै
जवानिको त्यस्तै हाल होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो
जन्मेको हाम्रो स्थिति होस
एक अर्कामा समर्पित होस
अनेकौ तरङ्ग खुल्ला गराई
ति हात मेरो पिठ्युमा होस
प्रत्येक अंग बिचको मिलाप होस
जिबनको आन्नद लिन त्यँहा
लडाँई लडे समान होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो
जे होस जस्तो होस
जिन्दगिको लागि प्रिय
एउटा अविश्मरणिय क्षण होस
उद्देश्य पनि एउटै होस
तिम्रो अनि मेरो
हेर त मन जलेको छ
सफलता पाएको देख्दा,स्वार्थिका आँखा बलेको छ
रिस डाहा गर्नेहरुको ,हेर त मन जलेको छ
परेवाको जोडि जसरि छुट्टिएनौ कहिल्यैपनि
तिमिले दिएको साथले,पिरब्यथा नि ढलेको छ
भाग्य बशमा नभएनि गर्दै गयौ दुख हामिले
अमृत सरि मायाले, ढुकढुक मुटु चलेको छ
धेरै खुट्कीला चढेर हामि अगाडि बढि सकेछौ
खुट्टा तान्ने मान्छेहरुको ,खुट्टा नि आज गलेको छ
अजम्बरी हाम्रो नाता फटाउन खोजि हिड्नेलाई
समाजले तिनिहरुलाई, कालो मोसो दलेको छ
जिन्दगि
पानि मुनि ढुङगामा लेउ लागे जस्तो
त्यहि ढुङगा सरि भो जिन्दगि
झरि परेर ओसिएका गोरेटोहरुमा
काई परे सरि भो जिन्दगि
सुन्दर बगैचामा फुलेका फुलहरु
ओईलिएर झरेसरि भो जिन्दगि
रानो बिनको माहुरिको घार
माहुरि सरि बिचल्लि भो जिन्दगि
बोलिले हानेउ यो छातिमा तिर
मरि तुल्य भयो जिन्दगि
मरभुमिको माझमा अलपत्र लास
गिद्दले लुछे सरि भो जिन्दगि
बाच्न त मलाई मन छैन अब
कसैकालागि बच्नुपर्ने रैछ जिन्दगि
मुटुमाथि ढुङ्गाराखि बच्नुपर्ने
जिउदो लाश सरि भो जिन्दगि

के हो प्रजातन्त्र, गणतन्त्र