Skip to content

विफल मेरो प्रेम प्रस्ताब


उसलाई आफ्नो सोच्दा सोच्दै
मन भित्र सजाउँदा सजाउँदै
विफल मेरो प्रेम प्रस्ताब
मेरो चोखो माया दिदा दिदै

छागाबाट खसे जस्तो मेरो स्थिति
असार साउनको भेल बाढी जस्तै
मन भित्रभित्रै उर्लेर आएका प्रश्नहरू
समुन्द्रको छाल जस्तै छ छल्किएका
ती अनगिन्ती उत्तरहरू
अनेकौ प्रयास गर्दा पनि स्तब्ध
छ छल्किएका ती उत्तरहरूको
मन्थनमा असफल मेरा धेरै प्रयत्नहरू

मनका पीर ब्यथाहरू साट्दा साट्दै
धेरै माया विश्वास पनि गर्दा गर्दै
केलाउन सफल भई होला सायद
धेरै मेरा कमजोरिहरू
जस्ले प्रेम प्रस्ताब विफल
पार्न सहयोग पुर्यायो

तर विचरी उसलाई के थाहा
मेरा ती कमजोरि भनेकै
धेरै माया पाउने बाटोहरू थिए
उसका लागि, हो उसका लागि
जुन उसैले असफल तुल्याई सकि
अनि बन्द गरी सकी नाकाहरू
बिगारी सकी हामी दुई बिचको
पिरतीको गीतका सुरिलो भाकाहरू

पलाउदै गरेको मायाको मुना
बाट्दै गरेको यो कसिलो डोरी
फुकाउनु पर्ने मेरा बाध्यताहरू
हो विफल चोखो मायाका कारण
जँहा तुहिएर ग्ए बुनेका अनेकौ सपनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *