थाहा छैन मित्र प्रेमको जाल बुन्न
कस्तो हुन्छ भनेर ।
सजाउने चलन नै छैन मेरो
मनमा कुराहरु गुम्साएर ।
नगरमा कोही भए पो धाउने
प्रेमको पर्दा फास गर्न।
आफ्नो त मन नै छैन मित्र
कसैलाई धोकादीई प्रेम गर्न ।
कसैलाई प्रेम गरेको भए पो
प्रेमको जालमा म फस्नु ।
तिमीले पनि प्रेमको आकर्षण
भुलेर पनि कहिल्यै नखोज्नु ।
प्रेम गरे भने त्यो मुस्लोले
पक्कै पनि मलाई धोला ।
धोए पनि त्यस बाट बचाउनेले
मेरो यो मन लैजाला ।
