साथ दिए मलाई , मायाको बिँउ म छरुँला ।
मर्ने भए मेरो निम्ती ,तिम्रो लागि म मरुँला ।
धेरै माया गर्छु मात्र भनेउ भने तिमीले
तिम्रो लागि त्यो नदी ,धेरै पटक म तरुँला ।
आशा लिई आगनिमा हेर्दै कुरी बसी रहे
सधैं जसरी तिम्रो घरको , बाटो म झरुँला ।
दुश्मणहरुले कुरा काटी हिंडे भने हाम्रो
राखी तिमीलाई सामुन्ने ,सबैलाई म केरुँला ।
समाजले हामी बिच लगाउन खोजे बार
नँया शहरमा बसाई ,तिमी अनी म सरुँला ।
