अरु जस्तै नारी नै हौं मलाई जन्म दिने तिमी आमा ।
छैन कुनै त्यस्तो शब्द तिम्रो,गुण गान गाउने म मा ।
अनेकैं दुःख पिडा लुकाई नौ महिना गर्वमा बोकायौं ।
धन्य ! मेरी आमा तिमी, तिमीले मलाई संसार देखायौं ।
वामे सर्ने बेलामा मलाई ताते ताते हिड्न सिकायौं ।
धुलो मैलोमा लडिबुडी गर्दा,नग्न शरिर सुग्गरी बनायौं ।
भोक लागेको बेलामा तिमीले कोखाई कोखाई भन्दै खुवायौं ।
प्यास मेटाउन समयमै तिम्ले,गिलासमा पानी लिई आयौं ।
यता उता डौड्न्थे म,सधै तिमीलाई दुःख दिन्थे ।
अरुले खाएको खेलेको कुरा,कर लगाई किन्न लाउँर्थे ।
मानो पिठो चुलो–चौका गरी,उभिन सिकायौं आफ्नै खुट्टामा ।
विचित्रको संसार बाँच्न सिकायौं,गुरु हरुको पनि गुरुआमा ।
अनेकौँ बसन्त पार गर्दा नि, अझैं खाँचै छ आमा तिम्रै ।
सुःख दुःखमा साथ दिने, जिवनको पाटो पहिलो नै हाम्रै ।
जो हौं जस्ती छौं ,अमुल्य चिज मेरा लागि तिमी ।
भगवान पुकार माग्नेछु सधैं,सुःख शान्ति तिम्रै लागि ।
