Skip to content


म पात्र भन्ने ब्यक्ति गाँजा, ब्ल्याक, नशालु पदार्थको सेवन गर्नु ! आफ्नो योवनको प्यास मेटाउनु उसको दिनचर्या नै भैसकेको थियो । आफ्नो यौवनको प्यास मेटाउन ऊ प्रसस्त पैसा खर्च गर्थ्यो । डिस्को, रेस्टुरा जाने अनि त्यस युवतीलाई ५०० को नोठदिनु त्यस रेस्टुराको नियम पालना गर्नु उसको लागि कुनै ठुलो कुरा त थिएन ! तर उसको बाबुको ढुकुटीको सम्पति रित्तिने क्रम चाँही जारी नै थियो । समाजको नजरमा त्यो घृणित कार्य उसको लागि शुभमा गनियो ।

समयको रफ्तारसँगै उसलाई कुनै बाधावरण छैन । ऊ कसैको वास्ता गर्दैन ! किनकि उसलाई वास्ता गर्ने पनि कोही छैनन् । घर, गाउँ, शहर अनी जंगल पनि बिरानो भएको छ । उसको लागि ! समाजको नजरमा घृणित मानिने कार्यको प्रतिफल उसले एड्स रोगी र बौलाहाको भूमिका निर्बाह गर्न आज ऊ बाध्य भएको छ । समाजमा गरेको कार्य प्रति लज्जित बनाएको छ उसले आफूले आफूलाई ! प्रकृतिले प्राणीहरूका निम्ति तर्जुमा गरेको पहिलो नियमलाई अपनाउने निर्णय आज उसले लिएको छ । उक्त नियम जन्मपछिको मृत्यु अर्थात् जीवनको शुभारम्भ पछिको अन्त्यष्टि नै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *