मायाको पीडाहरू नबुझ्नेले, मलाई माया गर्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति मर्छु नभन्नु ।
बिस्वास नदिलाई मायाको खोला, मलाई तार्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति आँसु झार्छु नभन्नु ।
जे हौँ ! म जस्तो हौँ, त्यो देबीको भाकल गर्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति अक्षता छर्छु नभन्नु ।
मायाको जालदेखि टाढा छु, मलाई त्यहाँ झार्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति डेरा सार्छु नभन्नु ।
मायाको पीडाहरू नबुझ्नेले, मलाई माया गर्छु नभन्नु ।
कोही कसैले सोधे तिमीलाई, मेरो निम्ति मर्छु नभन्नु ।