Skip to content

सँगै जिबन बिताउने आशामा

मायालु ठानी आफ्नै सम्झेर
भेट्नलाई तड्पीदै आएको हुँ ।

सँगै जिबन बिताउने आशामा
तिम्रो साथमा कसम खाएको हुँ ।

चुट्टै संसार हामी दुईको सोची
सुरिलो भाकामा गीत आएको हुँ ।

सधैं सधैं भरी साथ पाउँछु भनी
तिमी सँग चोँखो माया लाएको हुँ ।

मुहारमा हाँसो कहिल्यै नटुटोस भन्दै
दु:ख गर्दै गाँउ शहर धाएको हुँ ।

हावा,हुरी,पानी आदी बाट बाँच्नलाई
टाली टुली गरी छानो छाएको हुँ ।

तिम्रो साथ र मायाले गर्दा मैले
जिबनमा अंमुल्य चिज पाएको हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *