अखिल नेपाल एकल खैरे दलको योजना
के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें खैरे बूढालाई । अरुले पनि उनलाई खैरे भन्छन् म पनि उनलाई यसै भन्छु । कैलेकाहीं म उनका साथ जिस्कन्छु पनि । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै… Read More »अखिल नेपाल एकल खैरे दलको योजना

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । मानौ यी सबै कन्यार्थी वरहरू हुन् । एउटा टोली घरबाट निस्कन पाएका छैन, अर्को टोली थपक्क घरमा आइपुग्छ, अर्को निस्कन पाएको छैन, अर्को लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तीन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो । केही सिप नलागेर लुकाएँ पनि ।