Skip to content

HomSuvedi

फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसको भव्य कार्यक्रम

भँगेरे अक्षरमा
यही शीर्षक छ
भव्य सभाहल छ
पाँच तारे होटलको प्राङ्गणमा
भव्य कार्यक्रमको माझमा भव्य छलफल छ
सोफामा बसेकाहरूका माझमा कानेखुसीशैलीमा छलको फल छ ।
अर्थ, भूमि, सामान्य प्रशासनका मन्त्रीहरू
मुख्य सचिवहरू, सचिवहरू, सहसचिवहरू
उत्तिकै विशिष्ट आमन्त्रितहरूको बल छ ।

छोटो छ जिन्दगानी

छोटो छ जिन्दगानी
बाटो छ यो भिरालो
चढ्नु छ माथि माथि
बाटो छ त्यो उकालो ।
आऊ न आऊ आऊ
दौडेर शीघ्र आऊ
सुख्खा भएछ मेरो
यो जिन्दगी सजाऊ ।
सजाऊ सजाऊ
यो जिन्दगी सजाऊ ।।१।।

मुक्तक

दुइ मुक्तकः
बजारमा खुसीसँग खुसी साट्न पाए नि हुन्थ्याे
मायामा पलाएकाे ऐंजेरुलाई काट्न पाए नि हुन्थ्याे
टुट्ला भन्ने डरले अाच्छुअाच्छु भइरहेकाे छु
कहिल्यै नटुट्ने मायाकाे डाेरी बाट्न पाए नि हुन्थ्याे ।

हेराहेर गरी अाँखामा अाँखा मिलाउन पनि सकिन्न
हामी एकार्काका हाै‌ भनी विश्वास दिलाउन पनि ।सकिन्न
यसै कारणले हाेला मुटु पनि च्यातिएकाे छ
खै किन किन च्यातिएकाे मुटु सिलाउन पनि सकिन्न ।

लेखन जारी छ

छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आआेस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै दियो कता बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याउ कहाँ फल्दछ ।।५।।

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामग्री काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामग्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त !

पछुताे छैन

जहाँ स्वर्गीय आनन्द जहाँ दृश्य अलौकिक
जहाँ छ सभ्यता बेग्लै जहाँको रीति मौलिक

त्यस्तो जो स्थानमा मैले आफूलाई पुर्याइनँ
सधैं भोक सधैं तिर्खा हसुरेरै अघाइनँ ।।

पोखरा

आज फेवा गएँ तालमा पौडिएँ
स्वर्गको खोजीमा व्यर्थमै दौडिएँ
मिर्गले पानी झैं खोज्न थालें कतै
देशमै स्वर्गको सान देखें यतै ।

स्वर्गलाई घुमाई यतै सारूँ कि
पोखरालाई रानी सरी पारूँ कि
वास बस्छन् यतै स्वर्गका किन्नर
देशकै केन्द्र हो भान यो हुन्न र ?

छोरालाई बाबुको पत्र

आशीर्वाद छ बाबु
पिर नगर बाबु,
जे छ हामीलाई नै छ
सायद हाम्रो पिरमाथि पिर थप्नका लागि होला
यो कुबेलामा पनि अन्नपात थन्काउने बेलामा
बादलले हामीलाई विनासकाे अभिषेक छर्कंदै छ
देशमा कतै महामारी त कतै भोकमारी खर्कंदै छ
आफूमाथि विश्वास नभएर होला
आजको मान्छे आफूबाट आफैं पर पर तर्कंदै छ
उत्तर दिन कसैले सक्या छैन
नारायणहिटी, दासढुङ्गा, भन्डारखालहरुबाट
अझसम्म पनि न्याय पाऊँ भन्ने
प्रतिध्वनि धर्कंदै छ
देशका तिमीजस्तै युवकहरुको अवशेष
बाक्साबन्दी भएर विमानबाट दिनहुँ फर्कंदै छ
खै के भनुँ र बाबु,
बेचिएका तिम्रा दिदी बैनीहरुको कम्मर
मुम्बई, कलकत्ता र दिल्लीका खोपीहरुमा मर्कंदै छ

जवानी फिराऊ

अँझैसम्म झल्झल्ती सम्झिरहन्छु
पुराना कुरामा म अल्झिरहन्छु,
सुनाएर भित्री कुरा के सकिन्थे
तितै हुन् मिठै हुन् म आफैं सहन्छु ।।

लजाएर हेरिन् जसै सास रोकी
पछाडि सरिन् लाजले ओठ टोकी
मलाई यता यो नयाँ भाव आयो
ममा फेरि माया तुरुन्तै टुसायो ।।

पद्य कविता

मेरा आदरणीय काव्य गुरुको उच्चाइ के छुन्छु म
पढ्दै भावविभोर हुन्छु किन हो के हुन्छु के हुन्छु म
व्यर्थैमा कविता भनेर अहिले के तुन्छु के तुन्छु म
धागै उन्न समेत सक्तिन मता माला कहाँ उन्छु म ?

यो बेला किन हो

यो बेला किन हो वसन्त ऋतु यो अाएर बल्झाउँछ
बिर्सेकाे इतिहासका पलहरु ल्याएर अल्झाउँछ
एक्लो बस्न सकिन्न मुस्किल भयो अाएर सुल्झाउनू
एे‌सेलु जब अाउँछौ तिमी यता सोली भरी ल्याउनू ।

मुक्तक

माया र नाता विश्वासको भरमा अड्न सक्छ
विश्वास नभए रगतकै नाता पनि भस्म भएर डढ्न सक्छ
होसियार मित्रहरु मायामा विश्वास गर्नै पर्छ
विश्वास नगरिए शङ्काको भूत दिमागै भरी चढ्न सक्छ ।

गर्मीकाे महामारी

गर्मीले जिउ नै डढाउँछ कि क्या भन्ने भएको थियो
यो भूमण्डल वायुमण्डल सबै तातै भएको थियो ।

फेर्ने सास समते उष्ण गतिमा बढ्दै गएको थियो
तातो राक्षस झेलियो अब भदौको अन्तमा आइयो ।।

सानाे कविता

चराहरु गुँडतिर फर्किरहेछन्
साँझ परिरहेछ
सूर्य पनि पश्चिममा पुगेर
पृथ्वीमा सुन पानी छरिरहेछ
अहिले भर्खरकाे कुरा हाे
सिङ्गो पृथ्वी नै
सुनको पिण्ड भान परिरहेछ ।
मलाई पनि यस्ताे बेलामा के हुन्छ के हुन्छ
विरहले आकुल व्याकुल गरिरहेछ ।

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

भानुको शाश्वतता

भानु, आत्तिनु पर्दैन,
अस्ति तिमी थियौ,
हिजो पनि तिमी थियौ
आज पनि तिमी छौ
भोलि, पर्सि, आघौं, पराघौं पनि हुनेछौ ।
आत्तिनु पर्दैन, न्यास्रिनु पर्दैन ।

आमैले छोरीका लागि पठाउन लागेको तिजको निम्तो

देवघाटको वृद्धाश्रममा आमालाई बसाएर छोरो अमेरिका गएको पनि ठ्याक्कै दुई महिना भएछ यो कुसे औसीको दिन । “बेला बेला म कुरा गरिरहन्छु नि आमा” भनेर उसले एउटा जडाउरी मोबिल फोन दिएर गए पनि आजसम्म उताबाट एक कल पनि अएको छैन । यताबाट ता छोराको ठेगाना वा नम्बरहरू दिएको भए पो उनले गरुन् । ठेगाना नै दिएको भए पनि गर्न जाने पो गरुन् !

‘जेसुकै होस्’ भनेर आमाले चित्त बुझाएकी छिन् । आमा अब ता सहजाएकी पनि छिन् । आ छोरा मोराहरू यस्तै हुन् भनेर चित्त बुझाइबसेकी छिन् ।

अमेरिकाको यात्रापछिका जुँगेबाका ताउरमाउर

मेरा प्रेरणाका स्रोत जुँगेबा, मेरा हाँस्य कथा र हाँस्य निबन्धका स्रोत जुँगेबा, मलाई यदाकदा व्यावहारिक र चटके विद्याको गुरु जुँगेबा अनि मेरो पहाडको घरका छिमेकी जुँगेबा । यसपालि अमेरिका पुगेर फर्किएपछि उनका ताउमाउर बढेर उनी छोइनसक्ना भएका छन् । केही वर्ष पहिले काठमाडौं गएर फर्किंदा समेत उनको नाक एक बित्ता लामो भएको थियो । उतिबेला काठमाडौंबाट फर्किंदा काठमाडौं यस्तो र काठमाडौं उस्तो भनेर गाउँ भरी डिङ हाँकेका थिए भने अहिले उनी अमेरिका गई ५ महिना उतै बसेर फर्किएपछिको ता के कुरा गर्ने र ? स्वर्गैमा पुगेको र स्वर्गै देखेको बयान गर्न पनि उनी पछि परेका छैनन् । बाको ताउरमाउर भनिनसक्नुको भएको छ । उताबाट आएपछि सबैले उताको कुरा सोधेर उनलाई हैरान पारेका छन् । अलिक लाटासुधालाई ता ‘तँ मुलासँग के स्वर्गको कुरा गर्नु जा पर’ भनेर टार्छन् ।