HomSuvedi
फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)
केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।
मुक्तक
दुइ मुक्तकः
बजारमा खुसीसँग खुसी साट्न पाए नि हुन्थ्याे
मायामा पलाएकाे ऐंजेरुलाई काट्न पाए नि हुन्थ्याे
टुट्ला भन्ने डरले अाच्छुअाच्छु भइरहेकाे छु
कहिल्यै नटुट्ने मायाकाे डाेरी बाट्न पाए नि हुन्थ्याे ।
हेराहेर गरी अाँखामा अाँखा मिलाउन पनि सकिन्न
हामी एकार्काका हाै भनी विश्वास दिलाउन पनि ।सकिन्न
यसै कारणले हाेला मुटु पनि च्यातिएकाे छ
खै किन किन च्यातिएकाे मुटु सिलाउन पनि सकिन्न ।
एक्लो व्यग्रता
गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामग्री काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामग्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त !
छोरालाई बाबुको पत्र
आशीर्वाद छ बाबु
पिर नगर बाबु,
जे छ हामीलाई नै छ
सायद हाम्रो पिरमाथि पिर थप्नका लागि होला
यो कुबेलामा पनि अन्नपात थन्काउने बेलामा
बादलले हामीलाई विनासकाे अभिषेक छर्कंदै छ
देशमा कतै महामारी त कतै भोकमारी खर्कंदै छ
आफूमाथि विश्वास नभएर होला
आजको मान्छे आफूबाट आफैं पर पर तर्कंदै छ
उत्तर दिन कसैले सक्या छैन
नारायणहिटी, दासढुङ्गा, भन्डारखालहरुबाट
अझसम्म पनि न्याय पाऊँ भन्ने
प्रतिध्वनि धर्कंदै छ
देशका तिमीजस्तै युवकहरुको अवशेष
बाक्साबन्दी भएर विमानबाट दिनहुँ फर्कंदै छ
खै के भनुँ र बाबु,
बेचिएका तिम्रा दिदी बैनीहरुको कम्मर
मुम्बई, कलकत्ता र दिल्लीका खोपीहरुमा मर्कंदै छ
छन्दशास्त्रः केही जानकारी
१. विषय प्रवेश ः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।
आमैले छोरीका लागि पठाउन लागेको तिजको निम्तो
देवघाटको वृद्धाश्रममा आमालाई बसाएर छोरो अमेरिका गएको पनि ठ्याक्कै दुई महिना भएछ यो कुसे औसीको दिन । “बेला बेला म कुरा गरिरहन्छु नि आमा” भनेर उसले एउटा जडाउरी मोबिल फोन दिएर गए पनि आजसम्म उताबाट एक कल पनि अएको छैन । यताबाट ता छोराको ठेगाना वा नम्बरहरू दिएको भए पो उनले गरुन् । ठेगाना नै दिएको भए पनि गर्न जाने पो गरुन् !
‘जेसुकै होस्’ भनेर आमाले चित्त बुझाएकी छिन् । आमा अब ता सहजाएकी पनि छिन् । आ छोरा मोराहरू यस्तै हुन् भनेर चित्त बुझाइबसेकी छिन् ।
अमेरिकाको यात्रापछिका जुँगेबाका ताउरमाउर
मेरा प्रेरणाका स्रोत जुँगेबा, मेरा हाँस्य कथा र हाँस्य निबन्धका स्रोत जुँगेबा, मलाई यदाकदा व्यावहारिक र चटके विद्याको गुरु जुँगेबा अनि मेरो पहाडको घरका छिमेकी जुँगेबा । यसपालि अमेरिका पुगेर फर्किएपछि उनका ताउमाउर बढेर उनी छोइनसक्ना भएका छन् । केही वर्ष पहिले काठमाडौं गएर फर्किंदा समेत उनको नाक एक बित्ता लामो भएको थियो । उतिबेला काठमाडौंबाट फर्किंदा काठमाडौं यस्तो र काठमाडौं उस्तो भनेर गाउँ भरी डिङ हाँकेका थिए भने अहिले उनी अमेरिका गई ५ महिना उतै बसेर फर्किएपछिको ता के कुरा गर्ने र ? स्वर्गैमा पुगेको र स्वर्गै देखेको बयान गर्न पनि उनी पछि परेका छैनन् । बाको ताउरमाउर भनिनसक्नुको भएको छ । उताबाट आएपछि सबैले उताको कुरा सोधेर उनलाई हैरान पारेका छन् । अलिक लाटासुधालाई ता ‘तँ मुलासँग के स्वर्गको कुरा गर्नु जा पर’ भनेर टार्छन् ।
