HomSuvedi
आत्मगौरव – १
माया लाग्छ मनै भरी पलपलै सम्झिन् कि प्यारा भनी
माया लाग्दछ पुत्रको छिन छिनै सझ्यो कि बाबा भनी ।
आमा दाजु बुबा र भाइहरुको माया अझै लाग्दछ
झर्छन् आँसु उराठिलो जमिनमा झन् बाडुली लाग्दछ ।।११०।।
के बस्ने यस ठाउँको जीवनमा खाई बडो हन्डर
अर्काको बँधुवा छु यो मुलुकमा बुझ्ने यहाँ को छ र
रित्तै हात लिएर फर्किन पनि के फर्कने हो घर ? ।।१११।।
पाक्यो काफल
पाक्याे काफल लेकमा तल फुले सारा बगैचाहरु
लाग्यो लालीगुराँस फुल्न अहिल्यै ढाकेर पाखाहरु
क्वैलीले स्वरमा र तानहरुमा तानेर खाकाहरु
थाले गाउन प्रेमका विरहका नाैलाख भाखाहरु ।।
हाम्रो स्वर्णिम झै छ देश अरुमा दाँजेर दाँजिन्छ र
हाम्रो देश अखण्ड सोचहरुमा भाँचेर भाँचिन्छ र
हाम्रो छाती छ उर्बरा जति सुकै बाँझिन्न बाँझिन्न है
हाम्रो राष्ट्रियता कसैसित कतै दाँजिन्न दाँजिन्न है ।।
वसन्तप्रतीक्षा
गुराँस लेख लेखमा फुलेर जग्माउँछ
चमेली फूल बारीमा फुलेर मग्मगाउँछ
चिबे चरी बिहान नै उठेर गाउँदैछ कि
त्यता कतै वसन्तको बहार आउँदैछ कि !
जसो तसो बिताइयो कडा कडा चिसा दिन
बडो ढिलो भयो यहाँ तिमी फिरेर आउन
घडी घडी पला पला गनेर पर्खियौ यहाँ
निकै ढिला भयौ तिमी गयौ कहाँ कहाँ ।।
मुना मुना र डालीमा तिमी चढेर आउनू
चराचुरुङ्गी झैं गरी गलो नयाँ खुलाउनू
नयाँ नयाँ उमङ्गका अनन्त गीत गाउनू
सुसाउँदै सुसाउँदै तुरुन्त फर्की आउनू ।।
बर्मेलीबाको बेपारी धन्दा
“हैन सर, तपाईं पढेको मान्छे, के यो लिखा टिपाइ गरेको ? लु बेपार गरौं, बेकारमा यसरी लिखा टिपेर के उन्नति हुन्छ ?” बर्मेलीबाले मसँग यसै भनेका थिए आजभन्दा पैंतिस वर्ष अघि । त्यो बेला उनी भर्खरका थिए ।
“होइन, सर तपाईं ता पढेलेखेका मान्छे, अब केही कारोबार नगरी भएन, तपार्इँ नगर्ने भए पनि म ता बसेर हुन्न । म यो जागिरसागिरको कुरा सोचिरहन्न । के गरुँ ? लु केही सल्लाह दिनुपर्यो ।” त्यो बेला उनले अर्को एक दिन मसँग सल्लाह मागेका थिए ।
जीमूतदेखि मनोजसम्म महाकाव्यः एक चिनारी
१.लेखनको पृष्ठभूमि :
झापा जिल्लामा साहित्यको उन्नयनमा लेखनाथ पुस्तकालय र त्रिफला राष्ट्रिय पुस्तकालयको विशेष योगदान रहेको कुरा स्मरणीय छ । यी दुवै पुस्तकालयहरूमा नियमित जस्तो साहित्यिक कार्यक्रमहरू, कृतिकारको सम्मानका कार्यक्रमहरू, अनेक प्रतियोगिताहरू र कृतिविमोचनका कार्यक्रमहरू हुने गरेका छन् हुँदै आएका छन् । धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयका आफ्नै शैली र सोचमा कार्यक्रमहरू सञ्चालित भइरहेका छन् भने भद्रपुर नगरपालिका अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले आफ्नै शैली र सोचमा निरन्तर रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको कुरा अब सबैतिर जानकारी भइसकेकै छ ।
मोबायल एसएमएस काण्ड (पहिलो भाग)
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनले कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्नु पर्ने भयो भने टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । उनलाई रमाइलै लाग्ने गरेको छ । तर…
लेखन जारी छ क्रमागत
जस्ले बेच्तछ देश आज सहजै उस्लाई यो के छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा बाबु र पुत्र बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।७६।।
अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौं तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।७७।।
पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ नपाई देश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकासलाई छुन ।।७८।।
