Skip to content

HomSuvedi

यो जिन्दगी त्यो औंसीको अँधेरी

यो जिन्दगी त्यो औंसीको अँधेरी झैं भएछ कि……

परेंछु धार धारमा न माथि चढ्न सक्छु म
डुबेंछु छाल छालमा न पुग्दछु किनारमा ।
जुवा जितिन्छ कि भनी पसें म खाल खालमा
यसै बितेछ जिन्दगी डुबेछ छालछालमा ।

मुक्तक

बुद्धको हार

शान्तिका दूत बुद्धले नेपालमा हारेछन्
ओइलाएका आँखाबाट अाँसु झारेछन्
कोही र कसैले केही भन्नेवाला छेन
नेपालको लुम्बिनी रातारात सीमापारि सारेछन् ।

आत्मगौरव – १

माया लाग्छ मनै भरी पलपलै सम्झिन् कि प्यारा भनी
माया लाग्दछ पुत्रको छिन छिनै सझ्यो कि बाबा भनी ।
आमा दाजु बुबा र भाइहरुको माया अझै लाग्दछ
झर्छन् आँसु उराठिलो जमिनमा झन् बाडुली लाग्दछ ।।११०।।

के बस्ने यस ठाउँको जीवनमा खाई बडो हन्डर
अर्काको बँधुवा छु यो मुलुकमा बुझ्ने यहाँ को छ र
रित्तै हात लिएर फर्किन पनि के फर्कने हो घर ? ।।१११।।

आत्मगौरव – ३

गोठालाहरुले लगेर वनमा गाई चराए हुनन्
खेतालाहरुले यता लय झिकी गाइरहेका हुनन्
मायालुहरू स्वच्छ प्रेम मुटुको पाइरहेका हुनन्
बैंसालुहरू मुस्कुराई पिरती लाइरहेका हुनन् ।।५५।।

शुभकामना

आदरणीय सदानन्द अभागीज्यूको मोतीयाविन्दुको सफलतापूवर्क शल्यक्रिया भएर आराम गरिरहनु भएको छ । उहाँको उन्नति र सुस्वास्थ्यको हार्दिक कामना मझेरीका सबै पाठक र लेखकहरुका तर्फबाट ।

पाक्यो काफल

पाक्याे काफल लेकमा तल फुले सारा बगै‌‌चाहरु
लाग्यो लालीगुराँस फुल्न अहिल्यै ढाकेर पाखाहरु
क्वैलीले स्वरमा र तानहरुमा तानेर खाकाहरु
थाले गाउन प्रेमका विरहका नाैलाख भाखाहरु ।।
हाम्रो स्वर्णिम झै‌‌ छ देश अरुमा दाँजेर दाँजिन्छ र
हाम्रो देश अखण्ड सोचहरुमा भाँचेर भाँचिन्छ र
हाम्रो छाती छ उर्बरा जति सुकै बाँझिन्न बाँझिन्न है
हाम्रो राष्ट्रियता कसैसित कतै दाँजिन्न दाँजिन्न है ।।

लेख र बेंसी धाउँदाधाउँदै

लेख र बेंसी धाउँदाधाउँदै गीत यो मैले गाएँ,
जवानी तनमा आउँदाआउँदै प्रीत यो मैले लाएँ
प्रीतको गीत आफैं लेखी आफैं गुन्गुनाएँ
लय हालीहाली मैले तिम्रै गीत गाएँ
… राजै तिम्रै गीत गाएँ ।

नारीसम्बन्धी मेरो पुरानाे काव्यबाट धारणा

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

वसन्तप्रतीक्षा

गुराँस लेख लेखमा फुलेर जग्माउँछ
चमेली फूल बारीमा फुलेर मग्मगाउँछ
चिबे चरी बिहान नै उठेर गाउँदैछ कि
त्यता कतै वसन्तको बहार आउँदैछ कि !

जसो तसो बिताइयो कडा कडा चिसा दिन
बडो ढिलो भयो यहाँ तिमी फिरेर आउन
घडी घडी पला पला गनेर पर्खियौ यहाँ
निकै ढिला भयौ तिमी गयौ कहाँ कहाँ ।।

मुना मुना र डालीमा तिमी चढेर आउनू
चराचुरुङ्गी झैं गरी गलो नयाँ खुलाउनू
नयाँ नयाँ उमङ्गका अनन्त गीत गाउनू
सुसाउँदै सुसाउँदै तुरुन्त फर्की आउनू ।।

रातको बतासमा सुवास एक

रातको बतासमा सुवास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..

कसोकसो कता कता उनै उनै कुराहरू
बिथोल्न थाल्दछन् सधैं फिरेर सम्झनाहरू
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..

फजल

पसिना बाढी सरी बगाएर के पायाै तिम्ले
अाँसु झर्ना सरी चुहाएर के पायाै तिम्ले ।

तिमी बिना बाँच्नै सकिन्न भन्दै हि‌ड्थ्यौ कुनै दिन
झुटो कसम खायौ र कतै हरायौ के पायाै तिम्ले ।

परिवारका अघि एक गाँसपनि रामरी खान पाएनौ कुनै दिन
यही गाँसकाे लाेभमा सधै‌ मरुभूमिमा बिलायाै के पायाै तिम्ले ।

छन्दको तरङ्ग

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

बर्मेलीबाको बेपारी धन्दा

“हैन सर, तपाईं पढेको मान्छे, के यो लिखा टिपाइ गरेको ? लु बेपार गरौं, बेकारमा यसरी लिखा टिपेर के उन्नति हुन्छ ?” बर्मेलीबाले मसँग यसै भनेका थिए आजभन्दा पैंतिस वर्ष अघि । त्यो बेला उनी भर्खरका थिए ।

“होइन, सर तपाईं ता पढेलेखेका मान्छे, अब केही कारोबार नगरी भएन, तपार्इँ नगर्ने भए पनि म ता बसेर हुन्न । म यो जागिरसागिरको कुरा सोचिरहन्न । के गरुँ ? लु केही सल्लाह दिनुपर्यो ।” त्यो बेला उनले अर्को एक दिन मसँग सल्लाह मागेका थिए ।

जीमूतदेखि मनोजसम्म महाकाव्यः एक चिनारी

१.लेखनको पृष्ठभूमि :
झापा जिल्लामा साहित्यको उन्नयनमा लेखनाथ पुस्तकालय र त्रिफला राष्ट्रिय पुस्तकालयको विशेष योगदान रहेको कुरा स्मरणीय छ । यी दुवै पुस्तकालयहरूमा नियमित जस्तो साहित्यिक कार्यक्रमहरू, कृतिकारको सम्मानका कार्यक्रमहरू, अनेक प्रतियोगिताहरू र कृतिविमोचनका कार्यक्रमहरू हुने गरेका छन् हुँदै आएका छन् । धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयका आफ्नै शैली र सोचमा कार्यक्रमहरू सञ्चालित भइरहेका छन् भने भद्रपुर नगरपालिका अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले आफ्नै शैली र सोचमा निरन्तर रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको कुरा अब सबैतिर जानकारी भइसकेकै छ ।

प्रीतको हिसाब

प्रीतको हिसाब जोड्दा यति धेर छोडिएछ,
जति जोड्नु थ्यो परेको त्यति मात्र जोडिएछ ।

प्रीत उम्रियो भनेको मरुभूमिमा छरेंछु
म त लाभमा छु भन्थें तर हानीमा परेंछु ।

शुभकामना र बधाई

झापाबाट नेपाली कथाको परम्परामा नवराज घिमिरे (२०११) को नवप्रवेश भएको छ, उनको कण्ठश्री नामक प्रस्तुत कथाको सँगालो यस कुराको प्रमाण हो । सर्वप्रथम म उहाँलाई आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कथाहरु लेख्तै जाने र जोहो गर्दै जाने काम जारी रहोस् भन्ने शुमकामना दिन चाहन्छु ।

गफाड्ताल महिमा

गफाडीहरुमा हामी विश्वमै अग्रगण्य छौं
गफै गर्न नजान्नेमा जति छौं ती नगण्य छौं ।।

खाना नै गफ हो हाम्रो नाना हो गफको कडी
खाना नाना र गानामा बितेका छन् पला घडी ।।

मोबायल एसएमएस काण्ड (पहिलो भाग)

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनले कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्नु पर्ने भयो भने टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । उनलाई रमाइलै लाग्ने गरेको छ । तर…

समानताका कुरा

मलाई लाग्छन् छुरा
जसै बज्छन् चुरा
यसै अतालिन्छु पुराका पुरा ।
यो पनि जिन्दगी नै हो
त्यो पनि जिन्दगी नै हो
फरक केही अवश्य छ
म बाहिर छु
उनी भित्र छिन् ।

लेखन जारी छ क्रमागत

जस्ले बेच्तछ देश आज सहजै उस्लाई यो के छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा बाबु र पुत्र बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।७६।।

अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौं तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।७७।।

पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ नपाई देश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकासलाई छुन ।।७८।।