जननी आमा रुन्छिन सधै, फुलाउने चाहिँ कस्ले हो ?
ज्ञानको ज्योति फेरी देशमा, छराउने चाहिँ कस्ले हो ?
सधैं पिर चिन्ता गरी माग्छौ रे तिमी शान्ति नै,
आमा तिमीलाई शान्ति दिई, बोलाउने चाहिँ कस्ले हो ?
ऐश आराम मोज मस्ती कुर्सी मै अल्झियौं नेता हो,
नलाए तिमीले अब संबिधान, ल्याउने चाहिँ कस्ले हो ?
देशलाई निकास दिनुभन्दा एक अर्काको खोईरो खन्छौं,
अब देशमा विकासको दुबो, मौलाउने चाहिँ कस्ले हो ?
जात भात ठुलो सानो भनी आपसमा नै जुध्दै छौं,
दाजु-भाइ भन अब देश, चलाउने चाहिँ कस्ले हो ?
दर्पण

सुन्दर गजल
भरत जी तपाँई को गजल,मुक्तक,कबिताहरु राम्रो लाग्छन् । यो गजल पनि एकदमै राम्रो छ ।
nice gajal bro
eakdam ramro dai nice.