(१)
आऊ तिमी अँधेरीमा अँगालोमा बेरौंला ।
कतिन्जेल तर्की जान्छौं म पनि त हेरौंला ।
यी नजरले हेरी तिमीलाई मन पराको धेरै भो,
बस केही दिन माईती घरमै सिन्दुर हाली लेरौंला ।
(२)
दुनियाँले पाइला टेक्ने सघैं चोक हुन्न् मायामा ।
क्षणिक प्यास मेटाउने पनि भोक हुन्न् मायामा ।
विश्वास र आत्मिीताको नाताले जोडिन्छ माया,
सबका सामु खिल्ली उडाऊने जोक हुन्न् मायामा ।
(३)
माया तिमीलाई म नि गरर्थे,नगर्ने कहाँ हो र ।
समय आउँदा नजिक परर्थे,नपर्ने कहाँ हो र ।
घर नबन्दै सम्बन्धको जग हल्लाई गई हाल्यौं,
बिऊ मायाको म नि छरर्थे नछर्ने कहाँ हो र ।….दर्पण
