Skip to content

मायाको खोला तर अब


हाँसी हाँसी तिमी एक्लै, मायाको खोला तर अब ।
छोडी मलाई सिनारामै बरु, जीवनमा उमङ्ग भर अब ।

मनमा कुनै दोष नराखी, तिमीलाई बिदा दिदैछु,
स्वतन्त्र भयौ मबाट तिमी, भर पराई कै पर अब ।

यस्तै रैछ लिखोट हाम्रो, भेट भई छुटिनु थियो,
चिन्ता कति नलिई मनमा, सोहृ सिङगार गर अब ।

यहाँ सम्म साथ दियौ तिमीले, त्यही नै ठुलो भयो मलाई,
खुसी बोकी अनगिन्ती मनमा, कर्म घर सर अब ।

सुख दुःख, मिलन विछोड, त्यो मान्छेको वशमा छैन
हरपल चाहान्छु खुसी तिम्रै, भो श्राप नगर अब ।

……दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *