सानी सानी डल्ली मोरी
कति सारो लजालु ,
कुरा गर्छे घुमाई घुमाई
मान्छे रै छे सिपालु ।।१।।
मोहनीरुप त्यही मोरीको
बिर्सन मलाई गारो भो,
बोलाउँछे सघैं इशाराले
माया त्यसैको प्यारो भो ।।२।।
मायाको रस जबरजस्ती पिलाई
भन्छे म नै कृपालु ,
कुरा गर्छे घुमाई घुमाई
मान्छे रै छे सिपालु ।।३।।
हररात सपनीमा आई उसको
मनमा सघैं बस्छु अरे ,
घुकी देखाई उसैका सामु
चिच्याई उसैलाई हेर्छु अरे ।।४।।
लाजले मुन्टो निउराई सोध्दा
भने रे आँखा नसालु ,
कुरा गर्छे घुमाई घुमाई
मान्छे रै छे सिपालु ।।५।।
मलाई लिन चाडै आउनु
भन्छे बजाई ब्रेन्ड बाजा,
कुरी बस्छु माईती घर मै
जगिया घुमाई लैजानु राजा ।।६।।
मठ–मन्दिर धाऊनु किन
मेरै भन्छे भक्तालु ,
कुरा गर्छे घुमाई घुमाई
मान्छे रै छे सिपालु ।।७।।
सानी सानी डल्ली मोरी
कति सारो लजालु ,
कुरा गर्छे घुमाई घुमाई
मान्छे रै छे सिपालु ।……
दर्पण