सानी तिमी मायाकी खानी हौं ।
साँच्चै मेरी दिलकी रानी हौ ।
रुप तिम्रो धपक्कै बलेको ।
देख्दा मुटु छ मेरो चलेको ।
गाँस्छु माया नजिकै गएर ।
तिम्रै हुँ म जुनीकै भएर ।
जान्नौं होला छोडेर मलाई ।
भित्री मन बेसरी जलाई ।
बसौं हामी सँगै नै मिलेर ।
दुई मुटु एक झैं खिलेर ।
लग्यो भने दैवले हरेर ।
सँगै जाऊँ बैर्तनी तरेर ।
धर्म गरे बोकेर स्वर्ग मैं ।
पाप गरे झरौंला नर्क मैं ।
……दर्पण
मारुनी छन्द १० अक्षरमा अन्त्य
