Skip to content

तीन मुक्तक (माया लाउँदा, खुकुरीको धारमा, उकाली छोडी)


(१)
माया लाउँदा खालमा जस्तै दाऊ लाग्नु पर्दैन ।
मुटु दुख्दा बहिरी कुनै घाऊ लाग्नु पर्दैन ।
खोजी साहारा जाँदैछौ टाढा पराई गराई,
रुवाई मन मेरो तिमीले भो पाऊ लाग्नु पर्दैन ।

(२)
खुकुरीको धारमा मेरो रह्यो जिन्दगी ।
मर्नु कि बाँच्नु आज भयो जिन्दगी ।
आउँछु भनी कुराई राख्यौं संधै हिड्ने गोरेटोमा,
कुर्दा कुर्दै मैले तिमीलाई गयो जिन्दगी ।

(३)
उकाली छोडी तिमीले ओराली झरे पनि ।
मनबाट हटाउन अनेकौ कोसिस गरे पनि ।
याद राख्ने छौ तिमी जुनी भरी मेरो माया,
झुप्रै छोडी आज तिमीले महल सरे पनि ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *