santoshlmn
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ
तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ
तिम्रो साथ मेरो उर्जा रहेछ, नत्र किन जीवन ठप्प रोकिन्थ्यो ?
बाटो देखाउने आँखा तिमिरहेछौ, नत्र किन जताततै ठोकिन्थ्यो ?
हजारौं आँखाहरू छोडेर यो मन तिम्रै आँखाहरू छानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ
“चामल खानेहरू र चौलानी पिउनेहरू” मा जीवनबोध र सकारात्मक सोचका कविता छन्

जनमत प्रकाशन काभ्रेबाट प्रकाशित सन्तोष लामिछानेका कविताहरूको कम्प्युटराइज्ड सामग्री हात परेपछि सबैभन्दा पहिले मेरा आँखा गए किताबको नाममा— ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ । शीर्षक पढ्नासाथ मेरो मनमा दुई वर्गका बिम्बहरू उपस्थित भए— हुनेखाने वर्ग र हुँदा खाने वर्ग । हुनेखाने वर्गको बिम्बमा चामल खानेहरू र हुँदा खाने वर्गको बिम्बमा चौलानी पिउनेहरूलाई देखेँ । यी बिम्बले प्रतीकात्मक अर्थ सम्प्रेषण गरे जस्तो लाग्योस नेपाली समाजको वर्गीय स्वरूपतिर सङ्केत गरे जस्तो लाग्यो । कविता सङ्ग्रहको शीर्षक ध्वन्यात्मक प्रकृतिको हुनु उचित नै हो किनभने साहित्यका अन्य विधाको भाषाशैलीभन्दा कविताको भाषाशैली अलि बेग्लै हुन्छ— लयात्मक, बिम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक र ध्वन्यात्मक । नामकरणमा मैले त्यस्तै भाषाशैली भेटेँ । त्यसैले कविताहरू पढ्न बाँकी नै भए पनि प्रारम्भिक अनुमान गरेँ— यसभित्रका कविताहरू वर्गीय भिन्नतालाई सम्बोधन गर्ने खालक होलान्स कलात्मक भाषाशैलीमा तयार पारिएका होलान् ।
“चामल खानेहरू र चौलानी पिउनेहरू” प्रकाशित र विमोचित
२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने “विजय मल्ल साहित्य साँझ” कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह ‘जनमत प्रकाशन’ काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार राम प्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |
माया त खिया लागेको खुकुरी पो भएछ
माया त खिया लागेको खुकुरी पो भएछ
मुटु भने झुण्ड्याएको सुकुटी भएछ
नसोध अचानोसँगको भेट कस्तो हुन्छ
रहरहरू सिर्फ दापमा कैद भएछ
बिर्सिएछ जोशिएर ठोक्किनु कस्तो हुन्छ
उमङ्ग त लड्या लडै अशक्त पो भएछ
आँखा वरिपरी अन्धकार बादल घुम्छ
आशा त दिनानुदिन निसासिंदै गएछ
मक्किएर दापपनि एकदिन त झर्छ
खियाले त खुकुरीनै छिया छिया भएछ
http://merasabdaharu.blogspot.com/