Skip to content

हो, म हर रात टिल्ल हुने गरी पिउने गर्छु


Santosh Lamichhane: Author of: चामल खानेहरू र चौलानी पिउनेहरू / Porridge Eaters and Gruel Drinkers
हो, म हर रात टिल्ल हुने गरी पिउने गर्छु
बाँकी रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु
दु:ख र पीडालाई रक्सीले नै धुने गर्छु

उनको माया नपाईकन म त अब जिउन सक्दिन
उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन

जीवन जगत संसार अब मेरा लागि हुँदै होइन
एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन

मदेखि मृत्यु डराओस् मलाई कुनै डरै छैन
आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन

हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु
बाँकिरहेको जिन्दगी छिटो छिटो जिउने गर्छु

Author of:
चामल खानेहरू र चौलानी पिउनेहरू / Porridge Eaters and Gruel Drinkers
http://merasabdaharu.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *