म सर्वत्र
नि:शुल्क सरी
मलाई देख्दैनौ
तिम्रै वरिपरि
तिमी कुल्चिन्थ्यौ होला
म कुल्चिइने चिज हैन ।
तिमी भाग्न खोज
म ढाकिरहन्छु ।
लुकेर बस
म चुमिरहन्छु ।
तिमी बाँच
मेरो लक्ष यत्ति हो
म त नि:शुल्क
सर्वत्र फैलिएको
निरीह अक्सीजन ।
निरीह अक्सीजन । ।
http://merasabdaharu.blogspot.com/
