Skip to content

तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिम्रो साथ मेरो उर्जा रहेछ, नत्र किन जीवन ठप्प रोकिन्थ्यो ?
बाटो देखाउने आँखा तिमिरहेछौ, नत्र किन जताततै ठोकिन्थ्यो ?
हजारौं आँखाहरू छोडेर यो मन तिम्रै आँखाहरू छानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी र म हुँदा जे थियो, त्यो हरायो, फेरि कहिल्यै भेटिएन
तिमी अर्कै बाटो गयौ म अर्कै बाटो तर याद कहिल्यै मेटिएन
तिमी जहाँ गए पनि मलाई तिम्रो मीठो सम्झनाले तानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी मेरो प्राण रहेछौ, छैनौ अँझैपनि मेरो आँखाभन्दा टाढा
सचेथें बिर्सनेछु बिस्तारै तर याद हुँदैगयो झन् झन् गाढा
तिम्रो चञ्चल हेराइको तीरले अँझै पनि मुटुमा हानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

तिमी नहुँदा कस्तो हुन्छ ? दिन दिनै जिन्दगीले जानिरहेछ
तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ

Author of: चामल खानेहरू र चौलानी पिउनेहरू / Porridge Eaters and Gruel Drinkers

http://merasabdaharu.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *