आँखा जुध्दा गर्मी चढ्छ बताउँ कसरी ?
घामले झैँ तिमीलाई पनि तताउँ कसरी ?
बतास झैँ चञ्चल छ मन जताउँ कसरी ?
तिमीमा पनि यही हाल सारी सताउँ कसरी ?
तिमी रुँदा सोचिरन्छु हसाउँ कसरी ?
वेदनामा खुशीहरू पसाउँ कसरी ?
बाटेको छु प्रीतको डोरी कसाउँ कसरी ?
तिमीसँग मीठो माया बसाउँ कसरी ?
Author of: चामल खानेहरू र चौलानी पिउनेहरू / Porridge Eaters and Gruel Drinkers
http://merasabdaharu.blogspot.com
