“चामल खानेहरू र चौलानी पिउनेहरू” प्रकाशित र विमोचित

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने “विजय मल्ल साहित्य साँझ” कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह ‘जनमत प्रकाशन’ काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार राम प्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि समेटिएको छ |

missing
Cover page of Porridge Eaters and Gruel Drinkers / चामल खानेहरू र चौलानी पिउनेहरू

कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घका अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन आविस्कार भारतीले गर्नु भएको थियो |

कार्यक्रममा हिरण्य भोजपुरे संगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |

कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ “Porridge Eaters and Gruel Drinkers” शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |


देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे र पूर्ण श्रेष्ठ

कार्यक्रमको अन्त्यमा नेपाली सेलरोटी र अन्य परिकारहरू सहितको खाना खाईएको थियो |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *