हुने जति आफ्ना मान्ने


हुने जति आफ्ना मान्ने मान्छे मान्छे होइनन्
नहुने सब पराई ठान्ने मान्छे मान्छे होइनन्

दुःख पर्दा आफ्ना जति खोजी गुहार्दै हिड्ने,
सुखमा खास खास छान्ने मान्छे मान्छे होइनन्

कमजोरलाई हेला अनि सबलको आरिस गरी
पछि पार्न खुट्टा तान्ने मान्छे मान्छे होइनन्

माछा मार्न खोज्नु पर्छ गहिरा नदी तालहरु,
सुख्खा बगर जाल हान्ने मान्छे मान्छे होइनन्

मै जान्नेमै ठूलो शब्दकोषमै छैन मेरो
‘तुलाधर’लाई गलत जान्ने मान्छे मान्छे होइनन्

# जानकी गाउँपालिका वडा नं (बाँके)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *