Skip to content

आमा ! मलाई त चाहिन्छ चाहिन्छ

                                                        # तुलाधर विश्वकर्मा

मलाई सुनको आशन चाहिदैन
मलाई गुणको आश्वासन चाहिदैन
चाहिन्छ त एउटा कुरा चाहिन्छ,
आरिस गरेर मेरो बाली चराउने होइन
ज्यूदाको जन्ती र मर्दाको मलामी बन्ने
असल छिमेकी
आमा ! मलाई त चाहिन्छ, चाहिन्छ ।

गोला बारुद्धको होडबाजी चलिरहेको छ ।
सानो झिल्कोले ठूलो मानव वस्ती जलिरहेको छ ।
कैयौ दुधे बालबालिकाहरु टुहुरा टुहुरी अनि
वृद्धबृद्धाहरु साहराविहिन बनेका छन्
विश्वमा यस्तै यस्तै छ
त्यसैले
विश्व शान्तिको सन्देश छर्ने बुद्ध
आमा ! मलाई त चाहिन्छ, चाहिन्छ ।

 

म चाहन्छु
मेरो छोरा खाडीमा नजाओस्
आफ्नै खेती बारीमा जाओस्
धान फलाओस्
कोदो फलाओस्
सबैको भोक मेटाओस्
त्यसैले
देशमै बसेर पौरख गर्न सक्ने वातारण
आमा ! मलाई त चाहिन्छ, चाहिन्छ ।

आमा मलाई जातीय, धार्मिक,
अनि लिङगीय विभेदमुक्त देश चाहिन्छ,
सधैभरी तराई पहाड, हिमाल बासीहरु
मिलेर बसेको मीठो, सुन्दर परिवेश चाहिन्छ
हो मलाई चाहिन्छ
मैले माथि भनेका सबैथोक चाहिन्छ
आमा ! मलाई त चाहिन्छ, चाहिन्छ ।

 

ठेगाना : जानकी गाउँपालिका वडा नं ३, जुगुनभरिया (बाँके)
लुम्बिनी प्रदेश (नेपाल)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *