बोलूँभन्दा सकिनँ नि मनको बह फुकाएर ।
खाली हात फर्किए नि ठाडो शिर झुकाएर ।।
आँधी हुरी चलिराछ किन कुन्नि कता कता,
ढाट्नुको त अर्थै छैन वास्तवकिता लुकाएर ।।
मुस्कानको आश छैन धोकाको यो शहरमा,
केको मुस्काउन सक्थेँ अधरहरू सुकाएर ।।
आफैलाई बैरी भएँ मिलनको कुरा गर्दा,
रोज्नु मैरै भूल थियो आफ्नै मूल्य चुकाएर ।।
खजुराखुर्द १ बाँके, नेपालगन्ज
