रेसमी कपालले भुतुक्कै पार्यो
पुष्ट जीउडालले भुतुक्कै पार्यो
लुकी बसेँ उनी आउने बाटोमा,
मृगझै चालले भुतुक्कै पार्यो
बोल्छु भनी उनकै पछि लाग्दा,
मीठो बोलचाले भुतुक्कै पार्यो
जान्न खोजेँ उनको घर ठेगाना,
छड्के सवालले भुतुक्कै पार्यो
खजुराखुर्द १ (बाँके) नेपालगन्ज
