भन्दिनँ म थाकिसकेँ बस्न देऊ काखैमा ।
दिन्छयौ भने बास देऊ, गाजलु ती आँखैमा ।।
हराएको मान्छे म त आफै खोज्छु भेटिन्छुु
लाग्छ डर तिमलाई नपाई आफैभित्र मेटिन्छु
भन्दिनँ म थकाई मार्छु पारी त्यो पाखैमा
दिन्छयौ भने बास देऊ, गाजलु ती आँखैमा ।।
जिन्दगी हो घामपानी घामैजस्तो चोला
सोचेजस्तो जिन्दगीमा कहाँ पुग्छ होला
भन्दिनँ म गाईदेऊ गीत तिम्ले मेरै भाखामा
दिन्छयौ भने बास देऊ, गाजलु ती आँखैमा ।।
खजुराखुर्द १ बाँके, नेपालगन्ज
