Skip to content

बिबेक दुलाल क्षेत्री

चुरोट

  • by

उसले आँपको रुखमुनि बसेर आफ्नो बुवा आमा र छिमेकी प्रसादलाई एकसाथ सम्झ्यो । बाबुलाई बजार, खेत, दाउरा जाँदा आमासितै भेट्यो । आमालाई पनि पानी लिन जाँदा, पात टिप्न जाँदा, अस्पातल जाँदा बाबुसितै पायो । प्रसादलाई कचहरी जाँदा, तिरो तिर्न जाँदा प्रसादकी जहानसितै पायो ।

उसले आफ्नो उमेर सम्झ्यो कसो कसो तीन दसक काट्न लागेछ । उसलाई गर्मी नभए पनि पसिना आए झै भयो । अनि उसले हतार हतार दुई वटा चुरोट छिनभरमै सिध्यायो ।

कवि र कविता

  • by

कविजी ! तपाईं शब्द र अक्षरहरूको
माल उन्न माहिर हुनु हुनुहुन्छ
यत्ति माहिर हुनुहुन्छ
सजिलै आदिम युग, अन्तरिक्षको ओजन तह, सौर्य परिवार
कवितामै परिक्रमा गर्नुहुन्छ

BibekDulalChhetri-02

बर्तमानको सुस्केरा

  • by

हिजोको आफ्नो सारा दु:खलाई
बागमतीमा बगाएर आनन्दको
चुस्कीमा टास्सिरहनुको मज्जा
बर्तमानलाई छैदै छैन
हिजोको आफ्नो औकातलाई
चसक्क बिर्सेर मुखमा राम राम
बगलिमा छुरा धस्नुको धङ्धन्तीसँग
मुस्कुराउने रहर बर्तमानको हुँदै हैन ।

मोल, हिँडे (मुक्तक)

(१) मोल:
आफूभन्दा पराइको खुशी रोज्नेहरू
देश भित्र अर्को देश रोप्न खोज्नेहरू
धिक्कार छ ती सबै बुख्याचाहरूलाई
आफ्नी आमा बेच्न भनी मोल सोध्नेहरू ।

यो मरुभूमिमा

  • by

प्यारे!
सपनाको खेती गर्दा गदै थाकिसकेँ
घाममा काम गर्दा गर्दै डढिसकेँ
यो मरुभूमिमा ।

प्राणेश!
न मायाको साख छ यहाँ
न प्रियजनको काख छ यहाँ
दिनभर हिँड्दा हिँड्दै गलिसके
यो मरुभूमिमा ।

सुन मेरो कुरा प्रियतमा

  • by

तिमीले ऐना हेरेर मुस्कुराउँदा
मैले “मैले “त्यसो नगर” भनेको छैन
तिमीले चुरा पोते लगाउदा
मैले “यो के गरेकी?” भनेको छैन
तिमीले भजन किर्तन गर्दा
मैले “अब बन्द गर” भनेको छैन
तिमीले साँझ बिहान कम्फ्युटर खोल्दा
मैले “यसो गर्नु हुँदैन” भनेको छैन

हाँसेर बोली दिए

  • by

तिम्रो चाहिन्न केही हाँसेर बोली दिए
मनका सारा कुरा तिमीले खोली दिए ।

हुँदैन भन्छौ भने कस्लो पो के लाग्छ !
सन्चो हुन्छ मेरो मुटु बरु पोली दिए ।

देवी देवता धेरै भाके तिमी पाउँछु भनी
के पुरा हुन्थ्यो फोहोर पानी फाली दिए ।

BibekDulalChhetri

तिमी महाभारत म काब्य

  • by

तिमी महाभारत म काब्य
तिमी अर्जुन म एकालब्य:

म धाउँछु तिमी भए नेर
तिमी गङ्गोत्री म पञ्चकाब्य:

मेरो तुलना हुन सक्दैन
तिमी करोड म पैसा द्रब्य: