बिबेक दुलाल क्षेत्री
चुरोट
उसले आँपको रुखमुनि बसेर आफ्नो बुवा आमा र छिमेकी प्रसादलाई एकसाथ सम्झ्यो । बाबुलाई बजार, खेत, दाउरा जाँदा आमासितै भेट्यो । आमालाई पनि पानी लिन जाँदा, पात टिप्न जाँदा, अस्पातल जाँदा बाबुसितै पायो । प्रसादलाई कचहरी जाँदा, तिरो तिर्न जाँदा प्रसादकी जहानसितै पायो ।
उसले आफ्नो उमेर सम्झ्यो कसो कसो तीन दसक काट्न लागेछ । उसलाई गर्मी नभए पनि पसिना आए झै भयो । अनि उसले हतार हतार दुई वटा चुरोट छिनभरमै सिध्यायो ।
- « Previous
- 1
- …
- 5
- 6
- 7

दु:खमा मात्र किन लेखिन्छ गजल?