Skip to content

दु:खमा मात्र किन लेखिन्छ गजल?

  • by


दु:खमा मात्र किन लेखिन्छ गजल?
बेदना ग्रस्त किन भेटिन्छ गजल?

दिउसै पीडा पिई गाउ यौटा गीत
हर रातमा किन रेटिन्छ गजल?

खुशी छु सधैं भन्नु एक नक्कल हो
यथार्थ हुँदा किन मेटिन्छ गजल?

अब टेक्नु पर्छ विश्वाशको पहाड
ज्ञान छ फेरी किन ठगिन्छ गजल?

ए जीवनसित भा गनेहरू हो फर्क!
सधैं असहाय किन हुन्छ गजल?

अस्तु:

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक्, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *