Skip to content

भन्छे सधैं माथि बस्छु

  • by


भन्छे सधैं माथि बस्छु
एक्लै र छौ साथी बस्छु ।

भैंसी तिम्रो भोको देखे
भन्छे घाँस काटी बस्छु ।

मैले भने घर जाऊ
भन्छे धागो काती बस्छु ।

यदि मैले रोके भने
भन्छे माला जपी बस्छु ।

मेरो मन जिती उस्ले
भन्छे बैश तापी बस्छु ।

साहित्यिक नाम : बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम : भानुभक्त दुलाल
स्थाइ ठेगाना : दमक, झापा
हाल : अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *