Skip to content


कविजी ! तपाईं शब्द र अक्षरहरूको
माल उन्न माहिर हुनु हुनुहुन्छ
यत्ति माहिर हुनुहुन्छ
सजिलै आदिम युग, अन्तरिक्षको ओजन तह, सौर्य परिवार
कवितामै परिक्रमा गर्नुहुन्छ
कविजी!
तपाईं भावना, चेतना र स्वैर कल्पनामा
डुब्न प्रखर हुनुहुन्छ
यत्ति प्रखर हुनुहुन्छ
यमराजलाई अघिल्तिर राखी, यक्षलाई साथी बनाई
प्रश्नको गाडिब लिदै
कवितामै सम्बाद थालनुहुन्छ
कविजी! तपाईं अवलोकन र दिव्य दृश्टिमा
यत्ति कुसल हुनुहुन्छ कि
बसी बसी ग्रीक कथाको पात्र सिसिपस देख्नुहुन्छ
युग युगमा अन्तर्ध्यान गरी
राम, कृष्ण, क्राइस्ट्, अल्लाह, बुद्ध सबैसित
हात मिलाउनुहुन्छ
कविजी!
तपाईं भोक, प्यास र ट्रिप तृप्तिमा
सिपालु हुनुहुन्छ
यत्ति सिपालु हुनुहुन्छ
कवितामै अन्न, फलफुल, मिस्ठान्न भन्डार
खोल्नुहुन्छ
कवितामै ओशो, सिग्मड फ्रायड्, बात्सायानलाई
थेसिस लेखाउनुहुन्छ
अप्सराहरू मेनका, रम्भा, उर्बशीसित
बन बिहार गर्नुहुन्छ
कविजी !
यी सबै तपाईंका निजी कुराहरू हुन
म यसमा कुनै दख्खल दिन चाहन्न
तपाईं खुम्नुहोस् कवितको सुमेरु,
तपाईं हिंड्नुहोस् कविताको स हारा मरुभूमि
तपाईं नुहाउनुहोस् कविताको प्रसान्त महासागर
तपाईं च् ढ्नुहोस् कविताको सगरमाथा
कविजी! अघि बढ्नुहोस्
तपाईंलाई कसैले रोक्न सक्त्तैन।
तर(अर्को अर्थ नलागेमा)
शब्दको अहंमा माटो नभुल्नुहोस्
अक्षरहरूको घमन्डमा स्वाभिमान नभुल्नुहोस्
लामो हुँदैमा कविता नबुझिने होइन
छोटो हुँदैमा कविता छो टिने पनि होइन
डेढ कोटी मुटुहरूलाई माया गरेर
कविता लेख्नुहोस्
नेपाली माटोमा हिमाल, पहाड, तराइमा देखिने
थुप्रै अनुहार हरूको कथा, ब्यथा कोर्नुहोस्
बिन्ती कविजी! कविता सधैं सरल लेख्नुहोस्
दुरह, क्लिस्ट, नबुझिने हुनु कविताका
आभुषणहरू होइनन
कवितामा भ्रष्टहरूको पर्दाफास गर्नुहोस्
कवितामा मानव बेच बिखनको निदा गर्नुहोस्
कवितामा सज्जन र सत्यको वकालत गर्नुहोस्
कवितामा शान्तिको बाटो पहिल्याउनुहोस्
कवितामा देश र नेपाली जनता भएर बोल्नुहोस्
कविजी! मलाई बस यत्ति भए पुग्यो।
अस्तु:

वास्तविक नाम : भानुभक्त दुलाल
साहित्यिक नाम: बिबेक दुलाल छेत्री “दमक”
दमक, झापा, नेपाल
हाल: अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *