बिबेक दुलाल क्षेत्री
नेपाली साहित्याकाशकी उदयमान कवि शुश्री तारा पराजुली
टाढा बसेर आफ्नो सृजनामा मात्र तल्लिन कविहरू मध्ये एक हुन् साङ्गपाङ्ग गा .बि .स .५, भोजपुरमा आमा धनमाया पराजुली र बाबा यदुनाथ पराजुलीको शन्तानको रुपमा जन्मेकि हाल डागिहाट बेलबारीलाई मात्र नभएर समग्र मोरङ्गलाई नै आफ्नो साहित्यको कर्म क्षेत्र बनाउदै अघि बढेकी युवा कवि सुश्री तारा पराजुली । नेपाली साहित्यलाई घनिघुत रुपमा माया गर्ने पराजुली स्वयं पनि नेपाली विषयमा स्नाकोतर हुन् । उनीले मोरङ्ग डागिहाट्मा बसेर आफ्नो साहित्यका साधनाको अलाबा आफ्नो कर्म भने भविष्यका कर्णाधार नानीहरूलाई सु-शिक्षित गर्दै ज्ञानोदय आवासीय बोर्डिङ्गमा संस्थापक शिक्षिका भएर काम गर्दै गरेको देखिन्छ ।
आस्था मिल्दैमा के हुन्छ र ?
मसित एउटा अनौठो स्वभाव छ । केही कुरा नलुकाउने आफ्नो बारे जो कोहीलाई परिचय भैसकेपछि सबै कुरा भनिदिने । कतिपय मानिसमा अँझ धेरैमा नै भनौ आफ्नो बारे अरूलाई सितिमिति नखुलाउने बानी हुन्छ । मेरो बाबा आमाको देन नै हुनुपर्छ, मैले आजसम्म ढाटन जानीन र यो उमेरसम्म कसैलाई केही नढाटेर जिन्दगी काट्दै आएको छु । मलाई सादगी स्वभाव ल्याई दिनु भएकोमा म आजन्म मेरा आदरणीय आमा बाबा प्रति हृदयदेखि नै नतमस्तक रहनेछु ।

(१)