Skip to content

बिबेक दुलाल क्षेत्री

सज्जन एक

  • by

सज्जनसित अथाह सम्पत्ति थियो । सज्जनलाई कुनै कुराको कमी थिएन । सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो । सज्जनले उसको घरैअघिको गेटमा एउटा
माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो । सज्जनलाई सनक्क रिस उठ्यो र माग्नेलाई झपार्न थाल्यो – “ए भाते तँलाई माग्न लाज लाग्दैन? यत्रा हात पाखुरा छन् !”

माग्नेले भन्यो -“हजुर दुई दिनदेखि काम नपाएर भोको छु ।”

महाशय! मलाई कविता लेख्न आउदैन

  • by

म आफ्नो कवितामा
श्रमको, पसिनाको, स्वाभिमानको
गीत गुन गुनाउन थाल्छु
म आफ्नो कवितामा
मेरो देशको पाखा, पखेरो
उकाली, ओराली डुल्न थाल्छु

मेरो ऊ

  • by

जब नाङ्गा साल सिसौहरूमा बशन्तले पालुवा लाउन थाल्छ । जब रातको अध्यारोमा जूनकिरीले उज्यालोको रोशनी छर्न थाल्छ । जब फूलबारीबाट बाबरी फूलको बासना पर-परसम्म चल्न थाल्छ । तब मेरो ऊ मेरो मसित हिडिरहे जस्तो लाग्छ । मतिर हासेर बोली रहे जस्तो लाग्छ । मेरो ऊ मसित टोलाई रहेजस्तो लाग्छ ।

तिमीप्रति (३)

  • by

प्रकृतिको अनुपम छटा
सिमसारमा डुल्दा
तिमीलाई नरमाइलो लाग्ला
उकाली, ओराली र देउरालीमा
मनको भारी बिसाउदा
तिमीलाई छटपटी होला
के गर्छौ र !

तिमीलाई देखेर अब कति मान्नु हर्ष

  • by

१) तिमीलाई देखेर अब कति मान्नु हर्ष
तिमी आयौ भनेर मैले कति गर्नु खर्च
तिमीले प्रगतिको हुरी त कैले ल्याएनौ
केवल पात्रोमा मात्र पो छाएछौ नयाँ बर्ष !

नचिनेको मान्छेप्रतिको अड्कलबाजी

  • by

मनमा आउन सक्छ
नचिनेका मान्छेप्रतिको अड्कलबाजी
कोही मान्छे दयालु होलान्
कोही मान्छे रिसालु होलान्
कसैको नाम कालु होला
कसैको काम चालु होला

तिमीप्रति

  • by

पोखौँ त कसरी पोखौँ
तिमीलाई मनको बह मनभित्र
यति धेरै उकुश मुकुशहरू
भरिएर रहेका छन्
कतै बाहिर निकाली दिँदा
छताछुल्ल भएर
पोखिएला कि भन्ने डर छ !