Skip to content

आँशु, एकालव्य, जीवन, र दुनियाँ (मुक्तक)

  • by


(१) आँशु
जिन्दगी धेरै सस्तो छ सबु
समय जाल रच्दो छ सबु
तैपनि मुस्कुराउन खोज्दा
आँखामा आँशु खस्दो छ सबु ।

(२) एकालव्य
हजुर मात्र हुनुहुन्छ सभ्य
पर्न सक्छ कुनै बेला भवितव्य
हजुरको अर्जुन त निदाइसक्यो
हाजिर छु म एकलव्य ।

(३) जीवन
जीवन अरुकै आँखाको छारो भयो
जीवन अरुकै पानीको धारो भयो
राम्रो भन्ने अब त केही रहेन मेरो
जीवन, रात-दिन दुबै, अँध्यारो भयो ।

(४) दुनियाँ
आजभोलि घाँटी सुक्छ दलबीरजी
खुशी धेरै टाढा लुक्छ दलबीरजी
चुपचाप हिड्दै थिएँ आफ्नै धुनमा
यो दुनियाँ किन थुक्छ दलबीरजी?

बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *