Skip to content

बिबेक दुलाल क्षेत्री

बिबेक दुलालका चार मुक्तक शिल्पीहरू

  • by

(१)
भगवान थेत्तरो छ सबै कुरा बुझ्दैन
भगवान बहिरो छ केही पनि सुन्दैन
त्यही भगवान गतिलो छ भन्छौ तिमी
त्यही भगवान भगवानलाई पुज्दैन

पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक

  • by

पिर्छ, चिथोर्छ क्रुर समय पटक पटक
चिर्छ, गिजोल्छ झुर समय पटक पटक

देखे पनि नदेखेको अभिनय गर तिमी
बिल्छ, छिचोल्छ असुर समय पटक पटक

क्रमभङ्ग (लघुनाटक)

  • by

(मन्चमा बिचार १, बिचार २, बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ, उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन, कोही प्रश्न गर्न थाल्छन )
बिचार १ – नहुने काम भयो !
बिचार २ – कस्तो काम ? कस्तो नहुने काम ?
बिचार १ – नसोचेको काम, हित बिपरीतको काम, लापर्बाहीको, सत्य लिलामीको काम !

अलिकति, सलाम, डर छ (तीन मुक्तक)

  • by

क्षितिज र सन्नटामा मन लुक्छ अलिकति
रेगीस्थानको बालुवामा मन सुक्छ अलिकति
नचाहेर नि अरूको देशमा पसेपछि मित्र!
स्वभिमानको कुना कुना मन दुख्छ अलिकति ।

म समयबाट डढेको ठुटो मान्छे र तिमी

  • by

म समयबाट डढेको ठूटो मान्छे
म चट्टानबाट चोइटिएको दर्शनढुंगा
म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल
म चामलभित्रको अमिल्दो धानको बिया
म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना ।

मुर्दाघरमा

  • by

मुर्दाघरमा
यन्त्रवत मूर्तिजस्ता मुखाकिर्तिका मान्छेका उब्रेपाब्रिएका
अनुहारहरू आउछन जान्छन
मानौ तिनलाई उज्यालो अध्यारोको कुनै हेक्का छैन
आत्मसन्तुस्ठीको ब्यग्रतामा डुबेर गगनभरी ठाउ ठाउमा झोल्लिएको
बादलको टुक्रा हेरी मुख मिठ्याउदै कङ्काल मान्छेहरू

BibekDulalChhetri-03

दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

  • by

यो दिलकुमारको इति बृतान्त हो । अर्थात दिलकुमार नेम्बाङ्गको कथा हो। पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ती पहिलो पल्ट टेकेको यो युवक आफ्नो बाजे र एक्ली आमाको पालन पोषणमा हुर्कियो। बाबु चाहिँ इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्धमा बितेपछि हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई मेट्रिकसम्म पास गराउन सफल भयो। क्याम्पस पनि गयो तर त्यसपछिको पढाइ चाहिँ बिचमा छोडि दियो दिलकुमारले। पढाइ छोड्नाको कारण कथामा तल आउछ। किनकि कथा भर्खर शुरू भएको छ, सकिएको छैन।

एकता

  • by

रबिलाल गाउको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु, अरूको के नै खाइएको छ र ! ऊ यस्तै सोच्थ्यो । फल त उस्ले आफ्ना स्वास्नी र छोरा छोरीहरूलाई इस्ट मित्र, छिमेकीहरूसित त्यति बोल्न दिदैनथ्यो। यतिसम्म कि बोलेको चाल पाएमा किन गएको भन्दै केरकार गर्ने गर्दथ्यो।

गाउमा अर्को एउटा उस्को साथी पनि थियो दिलप्रसाद । दिलप्रसाद उस्को स्कूलदेखिकै साथी हो। दिलप्रसाद पहाडबाट बसाइ सरेर अहिले रबिलालकै छिमेकीको रूपमा बस्न थालेको छ।

अँझै ऊ फर्केन

  • by

ऊ अश्वासनका बिटाहरू बोकाएर
गएको ५ बर्ष भयो
ऊ अझै फर्केन ।
ऊ गाउँलेलाई
बिजुली दिन्छु भन्थ्यो
ऊ गाउँमा बिकास छर्छु भन्थ्यो
तर अझै ऊ फर्केन।

मेरा केही मुक्तक(रुवाइ)हरू

(१)
सिरकको च्यातिएको खोल भयो गणतन्त्र
बतिबेगर अध्यारो टोल भयो गणतन्त्र
ब्यर्थै अधिकार सुम्पिएछ महाशय भनाउदालाई
बादरको हातमा नरिवल भयो गणतन्त्र।

फेसबुक

  • by

फेसबुक (१)
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
“सुखी रहनु सधैं” मले फेसबुकमा लेखे ।

भोलिको सुन्दर भबिष्यको लागि

  • by

सस्ता हिन्दी सिरियलमा
लगाएको उस्को समय
म चोर्नेछु कुनै दिन
र लगाउनेछु ढिलो नगरी
यो देशलाई उर्बर बनाउन ।
अरुको भजन गाउन प्रयोग हुने
उस्का शब्दहरू

जिन्दगी, मख्ख, लालच, र बाचन (मुक्तक)

  • by

(१) जिन्दगी
जहर निले जस्तो यो साला जिन्दगी
सियोले खिले जस्तो यो साला जिन्दगी
चाहेर न अघि बढ्छ, न पछि सर्छ
कर्दले छिले जस्तो यो साला जिन्दगी।

मुकुट

  • by

एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो ।

चौथोसित यी तीन जना लगायत आफू स्वयमलाई एकतामा बाध्ने सुत्र थियो ।

यसरी बलवान पुरुषहरूले आ आफ्न बिशेष गुणले गर्दा हरेक कुरामा सफलअता हाँसिल गर्दै थिए ।

केही सिल्पीहरू

  • by

(१) माना पाथी
नेताहरू माथि छन
तिनका उडुस माझ्छड साथी छन
यिनकै राज छ गाउ अनि शहरमा

(२) उपहास
तिमी चुहिने गाग्रीमा पानी भर
तिमी बालुवालाई नदी सम्झेर तर
जति गरे नि म तिम्रो हुन सकिन
अब मलाई सधैं उपहास गर