तिम्रो याद धेरै आयो आज आमा
आँखाभरि आँसु छायो आज आमा ।
मरी मेट्थ्यौ भोक भोकै मेरो लागि
ममताले खुशी ल्यायो आज आमा ।
बिना काम मैले हिंड्दा रोक्न खोज्थ्यौ
बिरहले गीत गायो आज आमा ।
सिकें तिमीबाट खोज्न मेरो लक्ष्य
जिन्दगीले अर्थ पायो आज आमा ।
तिमी गयौ एक्लो पारी स्वर्गतिर
अशान्तिले मुख बायो आज आमा ।
आजभोलि मेरो मन सुन्य सुन्य
सारा खुशी केले खायो मेरी आमा ।
साहित्यिक नाम : बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम : भानुभक्त दुलाल
स्थाइ ठेगाना : दमक, झापा
हाल : अबुधाबी, यु ए ई

MAN BHARI PIDA BOKRA GIUNU
MAN BHARI PIDA BOKRA GIUNU PORAKO 6